यो तीन महिने चुनाब किन ?



विदेशी मित्रहरुले सोध्छन् – ‘नेपालमा सरकार अझै किन नबनेको?’ मैंले भन्ने गरेको छु – ‘अझै चुनाब सकिएको छैन।राष्ट्रीय सभा त बनेको छैन छैन; प्रतिनिधी सभाको गठन पनि अझै भएको छैन।’ उनीहरु फेरि सोध्छन् – ‘तिमीहरुकहॉ निर्वाचन गराउने निर्वाचन आयोग छैन र?’

हो, हामीकहॉ निर्वाचन आयोग छ। ऊ निर्वाचन घोषणा गराएर छिटो आचारसंहिता लागू गर्न र समानन्तर सरकार चलाउन बेसरी ध्यान दिन्छ। एउटा सानो भ्रमण, स्यानो सरुवा, पित्को जति बजेटमा खुब ऑखा लगाउंछ, कडिकडाऊ नै गर्छ। तर, निर्वाचनलाई द्रुत र प्रभावकारी बनाएर जनमत अनुरूप चॉडो सत्ता हस्तान्तरण गराउन कुनै माखो मार्दैन।अहिलेको लम्बेतान चुनावी प्रक्रिया त्यहि मानसिकताको उपज हो।

सामान्य नागरिकलाई थाहा चाहियो – यो तीन महिने चुनाब किन ? निर्वाचन आयोग किन यति सुस्त ? लोकतन्त्रात्मक बिधीका नाममा सरकारमा हाम्रो ग़लत प्रतिनिधित्व (miss representation) को मूल्य कसले तिर्ने ?

 

प्रतिक्रिया दिनुहोस्