हामी कसरी असल नागरिक बन्छौ ?



हामी सहर छिर्यौ ,गल्लिमा हरायौ। हामी बिदेशियौ ,आफ्नो मातृभूमी बिर्सियौ। हामीलाई नेपाली भाषा भन्दा अंग्रेज़ी मन पर्न थाल्यो। गुन्द्रुक र ढिंडो हेर्न पनि मन लाग्न छोडयो । हामी सरकारी बिद्यालयमा पढाउछौ ।

तर हाम्रा छोराछोरी बोर्डिङमा पढ्छन। हाम्रा नेताज्युहरु पखाला लाग्दा बिदेशी अस्पतालमा उपचार गराउछन । घरमा बालबच्चा भोकै छन । हामी भट्टी चार्दै हिंड्छौ।बाचुन्जेल बुबा आमालार्इ बृदाश्रममा राख्छौ , मरेपछि फोटोलाई पुजा गर्छौ । शनिबार बिहान हामी बाग्मती सफा गर्न हिद्छौ बेलुका हामी नै घरको फोहोर बाग्मतीमा फाल्छौ ।

अनि भन्नुस् त हाम्रो देश कसरी बिकास हुन्छ ? हामी कसरी असल नागरिक बन्छौ ? एक पटक सोचौ त हामी को हौ र के गर्दै छौ ? हामीले गरेको कर्मले हाम्रो समाज र देशलाई के फाइदा पुगेको छ? एक पटक सोचौ त असल नागरिक कसरी बन्ने भनेर।

प्रतिक्रिया दिनुहोस्