रामेछापका निर्वाचित उपप्रमुख काठमाडौंमा सम्मानित



१३ माघ, काठमाडौं ।
नेकपा एमालेले निर्वाचित महिला निर्वाचित महिला उपप्रमुखहरुलाई सम्मान गरेको छ । अखिल नेपाल महिला संघद्धारा आयोजित प्रदेश र स्थानीयस्तरमा निर्वाचित महिला प्रमुख र उपप्रमुखहरुलाई बधाई एवं प्रतिक्षण कार्यक्रममा रामेछापबाट निर्वाचित चार चार जना उपप्रमुख सम्मानित भएका छन् ।


कार्यक्रममा मन्थली नगरपालिकाकी उपप्रमुख माया कार्की, लिुख गाउँपालिकाकी उपप्रमुख दिपशिखा दाहाल, खाँडादेवी गाउँपालिकाकी उपप्रमुख मखमली श्रेष्ठ र जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख दिपा पाख्रिन सम्मानित भएका छन् ।

उपप्रमुखहरुलाई नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सम्मान पत्र प्रदान गरेका थिए । उक्त कार्यक्रममा गोकुलगंगा गाउँपालिकाकी उपप्रमुख राधिका श्रेष्ठ भने सहभागी थिइनन् ।

रामेछापको ८ वटा स्थानीय तह मध्ये चार वटा स्थानीय तहमा नेकपा एमालेका उपप्रमुख जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्