कुलमान र रोज मोक्तानजस्तै काम गरेर चिनिन चाहन्छुःनिश्चल योञ्जन



रामेछाप सुनापति गाउँपालिका–५ खनियापानीको भिरकोटमा जन्मिएकी निश्चल योञ्जन मिस तामाङमा छनोट भएकी छिन् । मिस तामाङको लागि छनोट भएकी योञ्जनले मिस तामाङ भएपछि आफ्नो कला संस्कृति र दिन दुःखीहरुको कार्यमा जुटने बताएकी छिन् । डान्स क्षेत्रबाटै जिल्लाको नाम चिनाउने उनले लक्ष्य लिएकी छिन् । यसै विषयमा मिस तामाङमा छनोट भएकी योञ्जनसँग मिस तामाङ बनेको अवस्थामा आगामी दिनमा के योजना बनाउनु भएको छ ? भविष्यमा नृत्यको क्षेत्रमा कसरी अगाडि बढनु हुन्छ ? भन्न लगायतको विषयमा रामेछाप न्युजले गरेको कुराकानीः–


मिस तामाङमा छनोट हुनुभएको छ कस्तो लागेको छ ?
–सुरुदेखि नै केही गर्नुपर्छ भन्ने थियो । तर कहाँ के गर्ने भन्नेमा प्रष्ट थिएन । सुरुमा मलाई मासमा बोल्न निकै लाज लाग्थ्यो अर्थात राम्रोसँग आउदैनथ्यो । तर मासमा बोल्न सिकेसक्के ।
के को लागि मिस तामाङ बन्ने ?
–म मिस तामाङ बन्नु भनेको मेरो व्यक्तिगत प्रतिभालाई प्रस्फुटन गरेर अगाडि बढने हो । तामाङ समुदायमा जति पनि महिलाहरु शिक्षाको पहुँचमा हुनुहुन्न । उहाँहरुलाई सामाजिकरण गर्ने र शिक्षित बनाउने र अगाडि बढन हौसला प्रदान गर्नको लागि मिस तामाङ भाग लिएको छु ।
अहिले सुन्दरतासँगै प्रतिभा पनि देखाउने विषयमा प्रवेश पाएको छ नि ?
–सुरुमा सुन्दरताकै आधारमा मिस तामाङ बनाउने प्रचलन थियो । तर अहिले सुन्दरतासँग प्रतियोगीतमा भाग लिदा क्षमता पनि प्रदर्शन गर्नुपर्छ । मेरो विचारमा आफ्नो प्रतिभा प्रस्फुटन गराउने माध्यम पनि हो ।
मिस तामाङ उपाधि जितेको अवस्थामा समाजको लागि के गर्ने लक्ष्य लिनुभएको छ ?
–मैले यदी मिस तामाङको अवार्ड जिते भने समाजमा भएको गरिब दिन दुःखीहरुलाई सहयोग गर्छु । अशिक्षित महिनाहरुलाई शिक्षाको पहुँच पुर्याउन भूमिका खेल्छु । सडक अथान बालकालिकाहरुको लागि सहयोग गर्छु ।
मिस तामाङ मेरो सानै देखिको रुची डान्समा हो । रुची भएकै कारण मैले साधना कला केन्द्रमा क्लास नै लिए । त्यहाँ मलाई मिलन सरले डान्समा लाग्ने भएपछि तिमीले मिस तामाङ प्रतियोगीतमा भाग लिनुपर्छ भन्नुभयो । त्यहाँबाट धेरै कुरा सिक्न सकिन्छ भन्नुभयो ।
परिवारको सपोर्ट कस्तो छ ?
मेरो परिवारको पूर्ण साथ र सहयोग छ । समाजवाट पनि प्रगति गर्न पाइयोस भन्ने हो ।
अहिलेसम्म कति वटा कार्यक्रममा सहभागी हुनुभयो ?
–दर्जन भन्दा बढी स्टेज कार्यक्रममा भाग लिएको छु । सोल्टी होटल, पाँचखालमा रहेको आर्मीको ब्यारेक लगायतको स्थानमा पनि आफ्नो प्रतिभा देखाएको छु । दर्शकको माया र हौसलाले थप अगाडि बढने हौसला मिलेको छ ।


आफ्नो कला संस्कृतिको संरक्षण गर्नको के काम गर्नुहुन्छ ?
–म मिस तामाङ भए भने आफ्नो कला संस्कृतिलाई संरक्षण गर्ने काममा लाग्छु । तामाङहरुको संस्कृतिको संरक्षण र प्रबद्र्धन गर्नु मेरो पनि दायित्व हो ।
रामेछापवासीलाई के भन्न चाहनुहुन्छ ?
जसरी रामेछापमा कुलमान घिसिङले नेपाल विद्युत प्रमुख भएर देशलाई उज्यालो बनाउने कार्यमा सफलता हासिल गर्नुभयो । रामेछापमा जन्मिएर गायक रोज थिङ्गले जिल्लालाई चिनाउने काम गर्नुभएको छ । त्यसैगरी म पनि मिस तामाङ बनेर सामाजिक रुपमा केही योगदान दिन चाहन्छु । डान्स क्षेत्रमा लागेर म पनि आफ्नो जिल्ला र समाजलाई चिनाउन चाहन्छु । यस कार्यमा रामेछापवासी आम दाजुभाई तथा दिदीबहिनीहरुको साथ सहयोग र माया पाउनेछु भन्ने विश्वास छ ।
भोट कसरी दिने त ?

1. मोबाइलको म्यासेस बक्समा जाने, 2 .म्यासेज बक्समा गएर MT लेख्ने अनि एक स्पेस दिएर 20  टाइप गरेर 34343 मा म्यासेज पठाउने । जति पटक म्यासेज गर्न सकिन्छ । जस्तै :- MT 20 लेख्ने अनि 34343 मा send गर्ने l

 

प्रतिक्रिया दिनुहोस्