अस्तापलको लापर्वाहीले सुत्केरी तामाङको ज्यान गयो



१६ माघ, भक्तपुर ।
अस्पतालको लार्ववाहीले रामेछाप निवासी निता तामाङको ज्यान गएको छ । अस्पतालले समयमा नै उपचार नगर्दा रामेछाप सुनापति गाउँपालिका–३ हिलेदेवी निवासी बर्ष ३२ की निता तामाङको ज्यान गएको हो ।

सुत्केरीको क्रममा डाक्टरले लापर्वाही गरेको कारण ज्यान गएको आरोप मृत्यकका आफन्तले लगाएका छन् । अस्पताले समयमा उचित उपचार नगर्दा सुत्केरीको ज्यान गएको भन्दै मृतकका आफन्तहरुले मंगलवार मध्यपुर अस्पताल घेराउ गरेका थिए । मृतृकका आफन्तले घेराउ गरेपछि दिनभर अस्पताल तनाबग्रस्त बनेको थियो । गएपछि आफन्तहरु अस्पतालसँग आक्रोशित भएका छन् । सुत्केरी गराउनको क्रममा निता तामाङलाई मध्यपुर अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्