रामेछापकी चेली रविता मगर छमछमीको टप फाइभमा (भिडियोसहित)



रामेछाप जिल्लामा जन्मिएर नृत्य क्षेत्रमा क्रियाशिल रविता मगर नेपाल टेलिभिजनबाट सञ्चालित रियालिटी सो छमछमी सिजन ३ को टप फाइभमा पुग्न सफल भएकी छिन् । टप फाइभमा परेपछि उनी भोट माग्न गृह जिल्ला रामेछापमा आएकी छिन् । रामेछापको मन्थली नगरपालिका– ११ की रविता मगरले रियालिटी सोमा एसएमएस भोटिङको आधारमा विजेता घोषित हुने भएकाले रामेछापवासीलाई भोट दिन आग्रह गरेकी छिन् ।

शनिबार सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरि रविताले एसएमएस मार्फत भोटिङ्ग गरेर आपूmलाई सहयोग गरिदिने रामेछापवासीसँग आग्रह गरेकी छिन् ।
एउटा एसएमएस बराबर ६ रुपैयाँ लाग्ने तर एउटै नम्बरबाट जतिवटा पनि भोट दिन मिल्ने भएकाले सक्दो भोट दिएर सहयोग गरिदिन पनि उनले अनुरोध गरेकी छन् । उनले तेस्रो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हेर्न आएका दर्शकसामु तृत्यु प्रस्तुत गरेर पनि भोट मागेकी छिन् ।

टप भाइभमा पुग्न सफल रवितालाई भोट गर्न मोवाइलको म्यासेज बक्समा गई सिसि टाईप गरि एक स्पेश दिएर १२ लेखि ३४३४३ मा म्यासेज पठाउन सकिन्छ । मोवाइल भोटिङ आगामी फागुन २ गतेसम्म गर्न सकिने छ । मगरेले आफू विजेता भए आगामी दिनमा रामेछाप जिल्लाको नाम देश विदेशमा चिनाउने कार्यमा नृत्य क्षेत्रबाट काम गर्ने बताएकी छिन् ।

https://www.youtube.com/watch?v=QQ2aInABD3A

प्रतिक्रिया दिनुहोस्