प्रदेश नम्बर ३ मा शत प्रतिशत मतदान



२४ माघ, काठमाडौं । राष्ट्रियसभा निर्वाचनको अन्गर्त आज भएको निर्वाचनमा प्रदेश नम्बर ३ मा शत प्रतिशत मतदान भएको छ । बिहान १० बजेदेखि शूरु भएको मतदान कार्यक्रममा स्थानीय तहबाट २ सय ३८ र प्रदेश सभा सदस्य तर्फबाट १ सय १० जनाले मतदान गरेको मतदान अधिकृत नारायण भण्डारीले बताए ।


ललितपुरको जाउलाखेल मैदानमा प्रदेश नं.३ को मतदान भएको थियो । प्रदेश नं. ३ बाट १४ उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेका छन् । बाम गठन्धले सहमति गरेर नै दुवै पार्टीबाट आठ जना साझा उम्मेदावार उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्