दोरम्बा गाउँपालिकाको जंगलमा भिषण आगलागी, आगो नियन्त्रणको प्रयास असफल



२८ माघ, रामेछाप ।
रामेछापको दोरम्बा गाउँपालिका–६ लखनपुरस्थित किटीपा र लप्सीबोट जंगलमा भीषण आगलागी भएको छ । आज दिउसोबाट सुरु भएको आगलागी अनियन्त्रित रुपमा अगाडि बढेको छ ।
आगो नियन्त्रण गर्ने प्रयास भएपनि असफल भएको दोरम्बा गाउँपालिका–६ का वडा अध्यक्ष अम्बिकाप्रसाद गजुरेल ‘अनुप’ले रामेछाप न्युजलाई बताए । उनले भने,‘स्थायीयले साँझसम्म कोशिस गर्दा पनि साझापन चलेको हावाको कारण अझ अनियन्त्रित रुपमा आगो झन फैलिएदै गएको छ ।’ अध्यक्ष गजुरेलका अनुसार आगलागीबाट हालसम्म कुनै पनि मानविय र भौतिक क्षति भने नभएको छैन् ।


स्थानीयले मकै छर्नको लागि बारी नजिकै बुट्यान पोल्ने क्रममा आगो सकिएको बताइएको छ । तर के कारणले आगो लागि भएको हो भन्ने कुरा पनि स्पष्ट हुन नसकेको गजुरेलले जानकारी दिए ।
दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले आगो नियन्त्रण गर्नको लागि प्रहरी, नेपाली सेनासँग समन्वय भइरहेको रामेछाप न्युजलाई बताए । उनले भने,‘आगो नियन्त्रण गरेर बस्तीलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने विषयमा हामीले समन्वय गरेर काम गरिरहेका छौं ।’
रामेछापका प्रमुख जिल्ला अधिकारी दिलीपप्रसाद लामेछानेले आगो नियन्त्रणको लागि दमकल लैजान भौगोलिक कठिनाई रहेको बताए । उनले भने,‘आगो नियन्त्रणको लागि दोरम्बामा रहेको नेपाली सेना प्रहरी र स्थानीय मिलेर भोली बिहानैबाट आगलागी नियन्त्रणको लागि प्रयास हुन्छ ।’ प्रजिअ लामेछानेले जनताको जिउ धनको रक्षा गर्नको लागि प्रशासनले प्रमुखताको साथ काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्