दोरम्बा गाउँपालिकाको जंगलमा लागेको आगो नियन्त्रणमा आयो



२९ माघ, रामेछाप ।
रामेछापको दोरम्बा गाउँपालिका–६ लखनपुरस्थित किटीपा र लप्सीबोट जंगलमा लागेको भीषण आगलागी नियन्त्रणमा आएको छ । आगलागीबाट कुनै मानविय क्षति विना नै स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् ।

दोरम्बा गाउँपालिका–६ का वडा अध्यक्ष अम्बिकाप्रसाद गजुरेल ‘अनुप’ले आइतवार साँझबाट मौसम चिसो भएको र स्थानीयले ठाउँठाउँमा खाल्डो खनेर आगो नियन्त्रणमा लिएको जानकारी दिए ।

गजुरेलका अनुसार आगलागीबाट हालसम्म कुनै पनि मानविय र भौतिक क्षति भने नभएको छैन् ।

प्रतिक्रिया दिनुहोस्