राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही तीन लाख सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा



७ फागुन, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मान गर्दै जनही नगद तीन लाख दिने घोषणा गर्नुभएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा क्रिकेट खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्री ओलीले उक्त घोषणा गर्नुभएको हो । नामिवियामा हालै सम्पन्न आइसीसी विश्व क्रिकेट लिग प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडी र प्रशिक्षकलाई जनही तीन लाख रुपैंयाले सम्मान गर्नेे घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सरकार खेल क्षेत्रको विकासको सकारात्मक रहेको बताउनुभएको छ । प्रधानमन्त्रीले घोषणा गरेको उक्त रकम आउँदो शुक्रबार हस्तान्तरण गरिने भएको छ । शनिबार नेपाली खेलाडी वल्र्डकप क्वालिफायर खेलका लागि जिम्बावे प्रस्थान गर्दैछन् । उनीहरुलाई विदाई सहित रकम हस्तान्तरण गर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।
सोही कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले पनि प्रति खेलाडी र प्रशिक्षकलाई एक/एक लाख दिने घोषण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्