नियम नमाने सात दिनपछि सुनारपानीमा ट्रक र टयाक्टर चल्न नपाउने



८ फागुन, रामेछाप ।
रामेछापको मन्थली नगरपालिका–५ सुनारपानी हुँदै साँघुटारसम्म सञ्चालनमा रहेको अधिकाशं सडक खाल्डाखुल्डी छन् । कच्ची सडकमा क्षमता भन्दा बढी लोड लिएर गुडने टयाक्टर र टिपरको कारण सडक दिनप्रतिदिन विग्रदै गएको छ । सडकमा क्षमता भन्दा बढी सामान लिएर हुँइकिने टिपर र टयाक्टरको कारण कच्ची सडकको अवस्था झन जिर्ण बन्दै गएको छ ।
मन्थली नगरपालिका–५ सुनारपानीका वडा अध्यक्ष रामबहादुर कार्कीले पटक–पटक टयाक्टर र टिपरलाई आग्रह गर्दा पनि क्षमता बढी सामान बोक्न नछोडेको रामेछाप न्युजलाई बताए । उनले भने,‘मन्थली सुनारपानी सालु साँघुर सडक खण्डको सनाुरपानी सालु सीमानासम्म चल्ने टयाक्टरले ओभरलोड बोक्दा बाटोको अवस्था अस्तव्यस्त भएको छ ।’ जसको कारण सर्वसाधारण सडकमा आवतजावत गर्न र अन्य सवारी साधान सञ्चालनमा समेत कठिनाई भएको उनले बताए ।


पटक–पटक सडकको स्तरउन्नती गरेपनि छोटो अवधिमा नै टयाक्टरको कारण सडक विग्रिएको छ,वडा अध्यक्ष कार्कीले थपे,‘अब पनि क्षमता भन्दा बढी सामान लिएर यस सडकमा टयाक्टर र टिपर चलाए सात दिनपछि रोक लगाइन्छ ।’ मन्थली नगरपालिकाभित्र मात्र हाल दैनिक रुपमा चार सय भन्दा बढी टयाक्टर आवतजावत गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्