जिम्मलीकरण प्रथा रोक



पहिले गाउँगाउँमा मुखिया जिम्मुवालहरू हुन्थे । शेष पछि जेठोछोरो नै मुखिया–जिम्मुवाल हुने बंश परम्परा थियो । त्यसैको विकसित रुप राजा थियो । राजाको पनि जेठो छोरो नै राजा हुने बंश परम्परा कायम थियो । यो परम्परा क्रमशःसकियो ।

अहिले गणतान्त्रिक ब्यवस्थामा तीन तह छन् । स्थानीय, प्रदेश र केन्द्र । जनताका हातमा बागडोर आएको यो पहिलो र महत्वपूर्ण अवसर हो ।

मुखेली,जिम्मली र महाजिम्मुवाली होईन । तलैदेखी जिम्मलीकरण हुनबाट राजनीतिलाई जोगाएर जनसेवी लोकमार्ग हुँदै अघिबढ्न र बढाउन सके मात्र युगिन कार्यभारले लक्षित गन्तब्यसम्म उचाई लिन सक्नेछ । जुन काम आफैंमा कठिन छ ।अन्यथा वर्गसङ्घर्ष (मार्क्सवाद) ले आफ्नो बाटो तय गर्नु अनिवार्य छ ।

प्रतिक्रिया दिनुहोस्