प्रदेश ३ को अर्थमन्त्रीमा कैलाश ढुंगेल, भोली सपथ हुने



१५ फागुन, काठमाडौं ।
रामेछापबाट प्रदेसशामा निर्वाचित कैलाश ढुंगेल प्रदेश ३ को अर्थमन्त्री बन्ने निश्चित भएको छ । पार्टीले ढुंगेललाई अर्थमन्त्रीमा अगाडि सारेको हो ।

भोली मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको मन्त्रीमण्डल विस्तार गर्न लागेका छन् । पार्टी अध्यक्ष केपी ओलीले मुख्यमन्त्री पौडेललाई अर्थमन्त्री ढुंगेलाई बनाउन निर्देशन दिइसकेको बताइएको छ । मुख्यमन्त्रीको आकांंक्षी रहेका ढुंगेलले अर्थमन्त्री बन्न लागेका हुन् ।

भोली मन्त्रीमण्डल विस्तारको क्रममा ढुंगेल अर्थमन्त्री हुने टुंगो लागेको एमालेका एक नेताले बताए । रामेछाप प्रदेशसभा क्षेत्र नम्बर १ का सांसद शान्ति पौडेलले भोली प्रदेशको मन्त्रीमण्डल विस्तार हुने बताए । उनले भने,‘मन्त्रीको बारेमा मोटामोटी टुंगो लागिसकेको छ, भोली सपथ हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्