यस्तो देखियो रोयल एवान इन्भेस्टमेन्टको होली (फोटोफिचर)



१७ फागुन, काठमाडौं ।
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा रहिआएको छ ।
यसै उपलक्ष्यमा सैनिक मञ्चको अगाडिको खुला क्षेत्रमा सामूहिकरुपमा होली मनाइएको थियो । विशेष गरी युवा/युवती एकआपसमा रङ आदानप्रदान गर्दै उल्लासपूर्णरुपमा सो कार्यक्रममा सहभागी भएका थिए ।
यसैबीच होलीको अवसर पारेर रोयल एवान इन्भेस्टमेन्ट कम्पनी प्रालिले पनि वनभोज तथा होली पर्व मनाएको छ । ललितपुरको गोदावरीमा वृहत्त वनभोज तथा होली पर्व मनाएको हो । होली कार्यक्रममा सम्पुर्ण सप्लायर्स राष्ट्रिय तथा लोकल कम्पनीको प्रतिनिधिको सहभागी रहेको थियो कार्यक्रममा कलाकारहरुको प्रस्तुती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्