रामेछापको आठ वटा सडक कालोपत्रे गर्ने तयारीमा कहाँ–कहाँ हुँदैछ पिच ? (सूचीसहित)



२९ फागुन, काठमाडौं ।
रामेछापको आठ वटै स्थानीय तहलाई जोडने मुख्य सडकलाई कालोपत्रे गर्ने योजना अगाडि बढेको छ । जिल्लाको रणनैतिक सडकको पहिचान गरी विस्तृत योजना अध्ययन (डिपिआर)को काम अगाडि बढेको हो । जिल्लाको सदरमुकाम मन्थलीलाई केन्द्रविन्दु बनाएर सडकको कालोपत्रे गर्ने योजना अगाडि सारिएको छ ।

सडक विभागले जिल्लाको आठ वटा सडक मध्ये २ वटा सडकको डिपिआर सम्पन्न गरेको छ बाँकी ६ वटा सडकको डिपिआर अन्तिम चरणमा पुगेको सडक विभागका सहायक प्रवक्ता रमेश प्रसाद सिंहले रामेछाप न्युजलाई बताए । एक महिनाभित्र नै सडकको डिपिआर सम्पन्न गरेर सम्बन्धित निकायलाई बुझाउने तयारीको साथ काम भइरहेको उनले जानकारी दिए ।

कुन–कुन सडकमा हुँदैछ डिपिआर ? (सूचीसहित)

१.जिरी–किर्णे दोलखा–रामेछाप ४५ किमि (सम्पन्न)
२.साँघुटार–शिरिसे–प्रिति सडक २० किमि (सम्पन्न)
३.साँघुटार–ओखलढुंगा–खोटाङ ६५ किमि
४.खैरेनीघाट–बेथान–हिलेदेवी–सक्षमचौतारा– गाल्वा–दोरम्बा–खोलाखर्क ३३ किमि
५.मन्थली–नाटिला–गेलु–देउराली– दोरम्बा १५ किमि
६.मन्थली–साँघुटार १९ किमि
७.खिम्ती–फर्पु–नामाडी–बेताली–रस्नालु–ठोसे–देउराली–गुम्देल ७२ किमि
८.बागखोर–देवीटार ४० किमि

प्रतिक्रिया दिनुहोस्