प्रमोद खरेलको स्वरमा “पागल बनायो” बाेलकाे गीत सार्वजनिक(भिडीयाेसहित)



दर्शक माझ चर्चित गायक प्रमोद खरेलको स्वर रहेको “पागल बनायो” बोलको गीत सार्बजानिक भएको छ ।  प्रमोद भण्डारीले रचना गरेको तथा कमल अधिकारीको सङ्गीतमा रहेको पछिल्लो म्युजिक भिडियो “पागल बनायो” बजारमा आएको हो ।

ठमेल बजारमा, सुन साईलीजस्ता लोकप्रिय गीतलाई सङ्गीत संयोजन गरेका रिकेश गुरुङ्गले यस गीतलाई पनि सङ्गीत संयोजन गरेका हुन। विभिन्न गीतमा सङ्गीत भरेर चर्चामा आएका सङ्गीतकार अधिकारीको यसअघि  शिव परियार, प्रमोद खरेल, अन्जु पन्त, स्वरुपराज आचार्य लगाएत थुप्रैले गीतहरु गएर शिखर चुमिसकेका छन।

गायक प्रमोद खरेलले गाएका म बिना पोखरामा, ओई झुमा झुम्कावाली र चल बतास चल गीतहरु अहिले पनि चर्चामै छन् ।अब यश गीतले पनि बिगतको जस्तै श्रोताहरुको मन जित्ने अनुमान गरिएको छ।

रिस्ता बस्नेत र नबिनराज रेग्मीले अभिनय गरेको यस गीतमा किरण नेपालीको निर्देशन र श्रीकृष्ण परियारको कोरियोग्राफी रहेको छ।कृपा रेकर्डिङ स्टुडियोबाट रेकर्ड गरिएको गीत दीक्षा ईन्टरनेशनल प्रा.लि. म्युजिक कम्पनीबाट बजारमा ल्याईएको छ।

 

प्रतिक्रिया दिनुहोस्