६ कारणले तीन  नम्बर प्रदेश समृद्ध बन्छः अर्थमन्त्री ढुंगेल



४ चैत्र, हेटौडा ।
प्रदेश नं ३ को आर्थिक मामिला तथा योजना मन्त्रालयले हेटौँडामा चालु तथा आगामी आव २०७४÷२०७५ को बजेट तर्जुमामा विज्ञसँग छलफल कार्यक्रम शुरु गरेको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलले उक्त कार्यक्रमको उद्घाटन गर्दै आगामी पाँच वर्षमा गर्न सकिने कामको मात्र योजना तर्जुमा गर्नुपर्ने बताए । सम्भव नहुने योजना तर्जुमा नगर्नु नै राम्रो हुन्छ, उनले भने ।


सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेश नं ३ कृषि, उद्योग ,शिक्षा, पर्यटन, ऊर्जा र जनशक्तिको सम्भावना भएको क्षेत्र भएकाले यसको समुचित उपयोग गर्न इमानदारीपूर्वक एकजुट भएर काम गर्न आवश्यक
रहेको बताए । उनले भने,‘समृद्धिको लागि मन बचन र कर्मको साथ काम गर्नुपर्छ ।’
सो अवसरमा मन्त्रालयले विज्ञ ज्ञानेन्द्र श्रेष्ठ, प्रकाश श्रेष्ठ, तीलचन्द्र भट्टराईलगायतका पाँच जनासँग चालु वर्ष र आगामी आवको बजेटसम्बन्धी संविधानमा भएको व्यवस्था तथा कानूनी व्यवस्थाबारे छलफल गरी प्रदेश सरकारलाई सुझाव दिनेछ । प्रदेश नं ३ को मन्त्रिपरिषद्ले चालू वर्षको बजेट यही चैत २० गते प्रदेशसभामा पेश गर्ने जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस्