काभ्रेलाई प्रदेश राजधानी बनाउन माग गर्दै प्रदेशसभामा प्रस्ताव दर्ता



१४ चैत्र, हैटौडा ।
प्रदेश ३ को राजधानी काभ्रेलाई बनाउन माग गर्दै प्रदेशसभामा प्रस्ताव दर्ता भएको छ ।

सांसद चन्द्रबहादुर लामाले दर्ता गरेको प्रस्तावको समर्थकमा बसुन्धरा हुमागाई, रत्न ढकाल र लक्ष्मण लम्साल छन् । बनेपा, पनौती र धुलिखेलस्थित आईटी पार्क रहेको स्थानलाई प्रदेश राजधानी बनाउने पर्ने प्रस्तावमा उल्लेख छ ।

प्रदेशको अस्थायी राजधानी हेटौंडा ताकिएको छ । स्थायी राजधानी र नामबारे प्रदेशसभाले प्रदेशसभामा कुनै प्रस्ताव ल्याएको छैन । पछिल्लो पटक सत्तारुढ दलका सांसदहरुले नै यसबारे प्रस्ताव ल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्