‘गोकुलगंगा गाउँपालिकाभित्र पाँच हजार जनालाई रोजगारी सृजना गछौं’



रामेछापको गोकुलगंगा गाउँपालिकाभित्र स्थानीय सरकार गठन भएपछि विकास निर्माणको कामले गति लिएको छ । रामेछापमा छ वटा गाउँपालिका मध्ये अहिलेसम्म गोकुलगंगा गाउँपालिकामा मात्र बैंकको शाखा विस्तार भएको छ । गाउँपालिकाले अहिले सडक निर्माणलाई नै प्राथमिकता दिएर काम गरिरहेको छ । गाउँपालिकाले कृषि, स्वास्थ, शिक्षा, रोजगारी, पर्यटन लगायतको विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । यसै विषयमा गाउँपालिकाका प्रवक्ता एव वडा नम्बर ५ नामाडीका वडा अध्यक्ष बलराम खड्कासँग रामेछाप न्युजसले गरेको कुराकानीः–

बलराम खड्का ,प्रवक्ता एवं वडा अध्यक्ष गोकुलगंगा गाउँपालिका– ५ नामाडी

गाउँपालिकाभित्र सडकको अवस्था कस्तो छ ?
–गाउँपालिकाको ६ वटै वडामा सडक पुगेको छ । गाउँपालिकाले यस आर्थिक बर्षको लागि पचास प्रतिशत बजेट सडकमा लगानी गरेको छ । सडकको स्तरउन्नती गर्ने काम भएका छ । भत्किएका विग्रएका सडक निर्माण गरेर सहज रुपमा यातायात सञ्चालन गर्ने काममा गाउँपालिकाले पहिलो प्राथमिकता राखेको छ । गाउँपालिकाको ६ वटा वडामा सडक निर्माणको जलागि ४०/४० लाख रुपैयाँ बजेट विनियोजन गरेर अहिले काम भइरहेको छ । अधिकांश काम सम्पन्न भएको छ । केही हुने क्रममा छ । गाउँपालिकाको जोडने दुई वटा सडक चुचेर हुँदै गाउँपालिकाको केन्द्र र फर्पु नामाडी बेताली हुँदै रस्नालु हुँदै गाउँपालिकाको केन्द्रसम्म सञ्चालन हुने सडकलाई ७०/७० लाख रुपैयाँ विनियोजन गरेर हाल डिपिआरको का भइरहेको छ । वडाभित्र रहेको आन्तरिक सडकलाई व्यवस्थित गर्न प्रत्येक वडामा वीस/वीस लाख रुपैयाँ बजेट विनियोजन गरेर काम गरिरहेका छौं । गाउँपालिकाको सबै वडढामा हिउद बर्षा नै यातायात सञ्चालन हुन्छ । यो सँगै गाउँपालिकाको केन्द्र रस्नालु जोडने सडक पनि कालोपत्रे गर्नको लागि अहिले काम भइरहेको छ । आगामी दुई बर्षभित्र गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्रे हुनेछ । चार बर्षको अवधि अन्तर्गत ठेकेदार कम्पनीले दुई बर्ष काम गरिसकेको छ । गाउँपालिकाबाट सदरमुकाम मन्थली पचास किलोमिटर रहेको छ ।
विद्युतीकरणको काम के कसरी अगाडि बढिरहेको छ ?
–गाउँपालिकाको अधिकांश स्थानमा विद्युतीकरण भइसकेको छ । गाउँपालिका–२ ठोसको साविक एउटा वडामा मात्र विद्युतीकरण गर्न बाँकी छ । यसै बर्ष विद्युतीकरण गरिसक्ने लक्ष्यको साथ गाउँपालिकाले वीस लाख रुपैयाँ बजेट पनि विनियोजन गरिसकेको छ । गाउँपालिकाभित्र कुनै पनि नागरिक विद्युतबाट बञ्चिन नहुने भन्ने हाम्रो चाहना हो । यसै बर्ष हामी यो योजना कार्यान्वयन गछौं ।

खानेपानीको अवस्थाको नि ?
–गाउँपालिकाभित्र खानेपानीको स्रोत पर्याप्त छ । तर हामीले भनेकोजस्तो व्यवस्थित गर्न सकेको छैनौ । गाउँपालिकाभित्र रहेको प्रत्येक घर–घरमा धारो पु¥याउने लक्ष्य गाउँपालिकाले लिएको छ । विगतदेखि नै खानेपानीका योजना सञ्चालन भएपनि प्रभावकारी रुपमा काम हुन नसकेको पाइएको छ । स्थानीय तहमाा जनप्रतिनिधिहरु आएपछि खानेपानी लगायतका विसका निर्माणको काममा तीब्रता आएको छ ।
बैंक स्थानापना नहुँदा सिंहदवारको अधिकार गाउँगाउँ पुगेन भन्ने गुनासो छ नि ?
रामेछापमा बैंकको शाखा स्थापना गर्ने हामी पहिलो गाउँपालिकाका हो । गाउँपालिकाको पाँच वटा गाउँपालिकामा अझै बैंकको शाखा स्थापना भएको छैन् । गाउँपालिकामा नै बैंकको शाखा स्थापना भएपछि हामीले गाउँगाउँमा सिंहदरवार भन्ने नारालाई कार्यान्वयन गरेका छौं ।
कृषिमा आधुनिकरण गर्ने योजना के छ ?
गाउँपालिकाको पहिलपो प्राथमिकता नै कृषिमा आनुनिकरण हो । गाउँपालिकाभित्र भइरहेको परम्परागत कृषि प्रणालीलाई आधुनिकरण गर्ने हाम्रो लक्ष्य रहेको छ । गाउँपालिकालाई समृद्ध बनाउने आधार नै कृषि हो । गाउँपालिकाभित्र तरकारी र फलफुल खेती नै मुख्य रुपमा हुने गरेका छन् । रस्नालुमा आलुको पकेट क्षेत्र बनाउने, नामाडी, बेताली व्यवसायीक रुपमा तरकारी खेती गर्ने फर्पु र चुचेरमा पनि कृषिको लागि उर्वर भूमि मानिन्छ । गाउँपालिकाभित्र किबी, चियाखेती र अलैची खेती पनि राम्रो सम्भावना छ ।
स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्न के योजना छ ?
–गाउँपालिकाभित्र अहिलेसम्म अस्पताल छैन् । हामीले गाउँपालिकाको केन्द्र रस्नालुमा १५ शैष्याको अस्पताल निर्माण गर्न योजनालाई विदेशी दातृ निकायले सहयोग गर्ने प्रतिबद्धनता जनाएको छ । गाउँपालिकाको चुचेर बाहेक अन्य सबै वडामा बर्थिङ सेन्टर स्थापना भइसकेको छ । त्यहाँ पनि छिट्टै स्थापना गर्न योजना बनाएका छौं । गाउँपालिकाका जनतालाई सहज रुपमा स्वास्थ्य सेवा दिन १७ रोपनी जग्गामा १५ सैष्याको अस्पताल निर्माण गर्ने योजना अगाडि सारेका छौं । हाल गाउँपालिकामा चार वटा एम्बुलेन्स रहेका छन् ।
स्थानीय तहमा रोजगारी सृजना गर्न गाउँपालिकाले के गरिरहेको छ ?
–गाउँपालिकाभित्र भएको स्रोत र साधानलाई अधिकतम परिचालन गरेर आगामी चार बर्षको अवधिमा पाँच हजार जनालाई रोजगारी सृजना गर्ने हाम्रो लक्ष्य रहेको छ । वैदेशिक रोजगारीमा जानु भन्दा आफ्नै गाउँघरमा बसेर रोजगारी गर्न चाहनेहरुलाई गाउँपालिकाले प्राथमिकतामा राखेर वातावरण सृजना गर्नेछौ ।
कृषिको पकेट क्षेत्र स्थापना गरेर व्यवसायिक तरकारी खेती गर्ने, पशुपालन गर्ने लक्ष्य छ । चुचुरेलाई जडिबुडी र पर्यटन क्षेत्रको रुपमा विकास गर्ने, ठोसमा आलुको पटके क्षेत्र बनाउने, रस्नालुमा चिया र किबी खेतीको पटेक क्षेत्र बनाउने, वेतालीमा रेम्बो ट्राउट माछा र कुखुरापालनको पेशालाई अगाडि बढाउने, नामाडीमा काउ फार्म सञ्चालन गर्ने, फर्पुमा पशुपालनलाई प्राथमिकता दिने यी काम गरेर आगामी चार बर्षभित्र पाँच हजार जनालाई रोजगारी सृजना गर्ने लक्ष्य हामीले लिएका छौं । काम गर्ने युवाहरुलाई विदेश जान नपर्ने वातावरण सृजना गछौं ।
पर्यटन क्षेत्रको विकास के योजना छ ?
गोकुलगंगा गाउँपालिकाभित्र पर्यटन क्षेत्रको राम्रो सम्भावना रहेको छ । चुचुरे र रस्नालु विशेष पर्यटकीइ क्षेत्रको रुपमा चिनिदै आएको छ । तामेडाँडामा भ्युटावर निर्माण गर्ने योजना पनि अगाडि सारेका छौं । बाँकी गाउँपालिकाभित्र रहेका धार्मिक पर्यटकीय क्षेत्रलाई पनि एक साथ अगाडि बढाएर लैजाने योजना छ ।

प्रतिक्रिया दिनुहोस्