समृद्ध रामेछाप निर्माण गर्न ८ वटै स्थानीय तहका प्रमुखहरुले अर्थमन्त्री ढुंगेललाई पेश गरे विकासको योजना



१६ चैत्र, हैटौडा ।
रामेछापलाई समृद्ध बनाउन रामेछापका आठ वटै स्थानीय तहका प्रमुखहरुले विकासको योजना पेश गरेका छन् । तीन नम्बर प्रदेशको बजेट निर्माणको गृहकार्य चलिरहेको बेला प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेललाई समृद्धि रामेछाप निर्माण गर्ने खाका सहितको योजना पेश गरेका हुन् ।
रामेछापका छ गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष र दुई गाउँपालिकाका प्रमुखहरुसँग अर्थमन्त्री ढुंगेले रामेछापको विकास निर्माणको बारेमा छलफल गरेका छन् । रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ का सांसद समेत रहेका अर्थमन्त्री ढुंगेलले बजेटमा समावेश गर्न सकिने योजनाहरुको बारेमा स्थानीय सरकारका प्रमुख÷उपप्रमुखहरुसँग सामुहिक छलफल गरेका छन् ।


मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले नगरपालिकाभित्रको सडकको कालोपत्रे, सडकहरुको स्तरउन्नती, खानेपानीको समस्या, कृषि लगायतको विषयलाई बजेटमा प्राथमिता दिन अर्थमन्त्री ढुंगेलसँग आग्रह गरेका थिए ।
त्यसैगरी रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर मगरले रामेछाप नगरपालिकालाई समृद्धि बनाउनको लागि कृषि क्षेत्रलाई प्राथमिकता दिन माग गर्दै सडक, खानेपानी, लगायतको विषयलाई ख्याल गर्न अर्थमन्त्रीसँग माग गरेका थिए ।
उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार, गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले पनि हाल गाउँपालिकाको केन्द्रसम्म सञ्चालनमा रहेका सडकलाई कालोपत्रे गर्नुपर्ने, पर्यटन क्षेत्रको विकासमा जोड दिदै कृषि क्षेत्रमा पकेट क्षेत्रको रुपमा घोषणा गर्ने गरी बजेट विनियोजन हुनुपर्ने बताएका थिए ।


लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले पनि सडक, खानेपानी, बिजुली, कृषि लगायतको क्षेत्रलाई ध्यान दिएर बजेट बिनियोजन गर्नुपर्ने माग गरेका थिए ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम तामाङले खाँडादेवी गाउँपालिकाको प्रमुख समस्या खानेपानी भएकाले थप परियोजना थपेर काम गर्नुपर्नेमा जोड दिदै सडक कालोपत्रे, सडकको स्तरउन्ती, कृषि क्षेत्रको रुपमा ध्यान दिन अर्थमन्त्री ढुंगेलसँग आग्रह गरे ।
दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले सडकलाई नै प्राथमिकता दिएर काम गर्न आग्रह गर्दै हाल सञ्चालनमा रहेका सडकहरुलाई व्यवस्थित गर्दै प्राथमिकताको आधारमा सडकहरुलाई कालोपत्रे गर्नुपर्ने बताएका थिए । अध्यक्ष मोक्तानले रामेछाप न्युजसँग भने,‘दोरम्बा गाउँपालिकाभित्र रहेको सैलुङ, अग्लेश्वरी क्षेत्रलाई पर्यटकीय क्षेत्रको घोषणा गर्न र खैरेनीघाट, बेथान गाल्वा हुँदै खोलाखर्कसम्म डिपिआर सम्पन्न भएको सडक कालोपत्र गर्न बजेट माग गरेका छौ ।’


सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले सुनापती गाउँपालिकाभित्र हुँदै हाल डिपिआर भएका सडकलाई कालोपत्रे गर्नेपर्नेमा जोड दिदै सुनापतिलाई चिया खेती र कृषिको पकेट क्षेत्रको रुपमा विकास गर्ने गरी बजेट विनियोजन गर्न आग्रह गरेका थिए ।
सुझाव अनुसार नै काम गर्छुः अर्थमन्त्री ढुंगेल
रामेछापमा स्थानीय सरकारका प्रतिनिधिहरुलाई बोलाएर सुझाव संकलन गरेपछि अर्थमन्त्री ढुंगेले जिल्लाको विकास निर्माण गर्नको लागि आफूले सकेसम्म कोशिस गर्ने बताए । समग्र तीन नम्बर प्रदेशको विकास निर्माण गर्ने गरी बजेट विनियोजन गर्नुपर्ने बताउदै उनले आफूले उच्च प्राथमिकता दिएर काम गर्ने बताएका थिए ।
सबैका माग सडक कालोपत्रे
अर्थमन्त्री ढुंगेलसँग भएको परामर्शमा आठ वटै स्थानीय तहका प्रमुखहरुले सडक निर्माणलाई नै उच्च प्राथमिकता दिन आग्रह गरेका छन् । रामेछापमा हाल एघार सय किलोमिटर सडक निर्माण भएपनि चालिस किलोमिटर सडक मात्र कालोपत्र छ । बर्षाको समयमा आधा क्षेत्रमा यातायात सञ्चालन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
WRX4GpG, 1hKCK3W1, fgy2LevQklH, xgw06LreExG8fV, MgQFfhD0BgBw, WNPVJ, 3kmI4hBoq0GgDmer, bFTW, ecr0p0VFcPkij7y, 9E9Zdh