मैले घुस मागेको छैन, ममाथि झुट्टा आरोप लगाइएको होः वन अधिकृत ठाकुर



२७ चैत्र, रामेछाप ।
जिल्ला वन अधिकृत रामविचारी ठाकुरले आफूले घुस नमागेको बताएका छन् । उनले विना आधार आफूलाई कार्यकक्षमा थुन्ने कार्य भएको बताएका हुन् । उनले रामेछाप न्युजसँग भने,‘ममाथि घुस मागेको आरोप लगाइएको छ यो सरासर झुट्टो हो ।’ ठाकुरले लागतको टुंगो नलागेको छुट पुर्जी नदिएको बताए । उनले तीस वाट रुख कटान गरेर २ सय ८० वटा रुखको पुर्जी मागिएको छ, वडा अध्यक्ष र गाउँपालिकाले कही पनि हस्ताक्षर गरेका छैनन, मैले नियम भन्दा बाहिर गएर काम गर्ने कुरा भएन, उनले भने ।

प्रतिक्रिया दिनुहोस्