रामेछापबाट नेपाल कम्युनिष्ट पार्टीका चार केन्द्रीय सदस्य, अझै थपिने



४ जेठ, काठमाडौं ।
नवगठित नेपाल कम्युनिष्ट पार्टीको ४ सय ४१ केन्द्रीय सदस्य मध्ये रामेछाप जिल्लाबाट ४ जना केन्द्रीय सदस्य भएका भएका छन् । केन्द्रीय सदस्य हुनेहरुमा धावा लामा, देवशकंर पौडेल, माधव ढुंगेल, कमल चौलागाई रहेका छन् ।

धावा यस अघि माओवादी केन्द्रका रामेछापको जिल्ला इन्चार्ज र पार्टीको स्थायी समिति सदस्य थिए भने पौडेल एमालेको केन्द्रीय सदस्य एवं रामेछापका जिल्ला इन्चार्ज थिए । ढुंगेल एमालेका केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा परषद्का कार्यकारी उपाध्यक्ष छन् । केन्द्रीय सदस्य भएका कमल चौलागाई निर्वाचन अघि माओवादी केन्द्रसँग पार्टी एकता गरेर आएका थिए ।


केन्द्रीय सदस्यमा ढुंगेल र सुवेदीको चर्चा
रामेछापबाट थप दुई जना केन्द्रीय सदस्य थपिने सक्ने बताइएको छ । एमालेका नेता समेत रहेका तीन नम्बर प्रदेशका आर्थिक एवं योजना मन्त्री कैलाश ढुंगेल र नेकपा एमालेका पूर्व सभासद एवं पूर्व केन्द्रीय सदस्य कमला सुवेदी थपिन सक्ने चर्चा सुरु भएको छ । त्यसैगरी रामेछापबाट अझै केन्द्रीय सदस्यहरुको संख्या थपिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्