म कसैको भोग खोसेर केन्द्रीय सदस्य भएको होइनः चौलागाई



नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कमिटी सदस्यमा मेरो मनोनयन भएकोमा मलाइ बधाई दिने सम्पुर्ण आफन्त,शुभ चिन्तकहरुप्रति हार्दिक धन्यबाद दिन चाहान्छु ।यस सन्दर्भमा मलार्इ सुझाब दिने हुन वा आलोचना गर्ने हुन सबैको भनाइलाई मैले सकारात्मक रुपमा नै ग्रहण गरेको छु।
बि.स २०७० साल देखि नै हामीले पटक–पटक गर्दै साना १९ पार्टीलाई एकीकरण गर्दै संयुक्त राष्ट्रबादी समाजबादी पार्टी सन्चालन गर्दै आएका थियौ। नेकपा माओबादी केन्द्र र नेकपा एमालेपछि पार्टी एकीकरण गरि चुनाबमा जाने निर्णयको स्वागत गर्दै निशर्त रुपमा बाम गठबन्धनका उमेदवारलाइ सघाउने निर्णय गरि देश भरी नै माओबादी र एमालेका उम्मेदवारलार्इ सघायौ।

 

त्यही सिलसिलामा माओबादीको पार्टी एकीकरण बार्ता कमिटीसँग बार्ता भै गत २०७४ कार्तिक २९ गते पार्टी अध्यक्ष क.प्रचण्ड उमेदवार हुनु भएको चितवन मै गएर बार्ता टुङ्याइ ३ पार्टीबीचको एकीकरण सम्झौतामा अध्यक्ष क प्रचन्ड, म कमल चौलागार्इ र नयाँ शक्ति बाम ध्रुबिकरण संयोजक ठाकुर चापागाईंबीच संयुक्त हस्ताक्षर भै हामी दुबैले आ–आफ्ना पार्टी माओबादी केन्द्रमा बिलय भएको घोषणा गर्यौ।

त्यस सम्झौता अनुरुप जिम्मेवारी दिने क्रममा म र ठाकुर चापागाइलाई सचिबालय सदस्यको रुपमा राखियो र देश भरिका अन्य साथी हरुलार्इ पोलिटब्यूरो कमिटी र राष्ट्रिय परिषदमा राख्ने सहमती भयो।माओबादी केन्द्रको पोलिसी अनुसार सचिवालय सदस्य एकीकृत पार्टीको केन्द्रीय सदस्यमा राख्ने निर्णय मुताबिक अरु साथीहरु जसरी नै म केन्द्रीय कमिटिको सदस्यमा परेको हुँ।कसैलाइ पनि यो भ्रम नपरोस कि मैले कसैको भाग खोसेर यो पद हात लगाएको हु।

माओबादी भित्र कस्को के हैसियत हो त्यो वहाहरुले र नेतृत्वले जान्ने कुरा हो।म मात्रै हैन यसरी करिब ४० पार्टीबाट माओबादीमा एकीकृत भएकाहरु मध्यबाट कोहि सचिबालयमा त कोहि अन्य कमिटिमा समेटिएका छन।मैले बुझे सम्म पार्टी नेतृत्वले क्राइटेरिया मिचेर कुनै प्रकारले मनोनित गरेको छैन।यश बारे भ्रम मा पर्ने र भ्रामक प्रचार गर्ने जरुरत देख्दिन।

प्रतिक्रिया दिनुहोस्