रामेछापबाट नेकपाको केन्द्रीय सदस्यमा थपिए अर्थमन्त्री कैलाश ढुंगेल



६ जेठ, काठमाडौं ।
प्रदेश ३ का योजना तथा अर्थमन्त्री कैलाश ढुंगेल नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । पूर्व एमालेले ढुंगेललाई नेकपाको केन्द्रीय सदस्य बनाएको हो । रामेछाप प्रदेशसभा २ बाट निर्वाचित सांसद एवं प्रदेश ३ का अर्थमन्त्री ढुंगेल केन्द्रीय सदस्य भएपछि रामेछापमा नेकपाको केन्द्रीय सदस्यको संख्या ५ पुगेको छ ।

रामेछापबाट पार्टी एकता घोषणा भएकै दिन धावा लामा, देवशकंर पौडेल, माधव ढुंगेल कमल चौलागाई केन्द्रीय सदस्य बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्