भुकम्प पीडितले पाउने २ प्रतिशत ब्याजमा किन पाउन सकेनन ऋण ?



२१ जेठ, काठमाडौं ।
भूकम्प प्रभावितले पाउने भनिएको धितो जमानी वा सामूहिक जमानी एवं सहुलियतपूर्ण ऋण पाउन कठिन भएकामा गाउँपालिका महासंघका पदाधिकारीले ध्यानाकर्षण गराएका छन् ।

पुनःनिर्माणका क्रममा स्थानीयस्तरमा देखिएका समस्याबारे राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र गाउँपालिका महासंघका प्रतिनिधिबीच सोमवार भएको छलफलमा पुनःनिर्माणका क्रममा स्थानीय तहमा देखिएका समस्या राख्दै महासंघका पदाधिकारीले ध्यानाकर्षण गराएका हुन् ।

सरकारले पुनःनिर्माणका लागि उपत्यकामा २५ लाख र उपत्यका बाहिर दुई प्रतिशत ब्याजदरमा ऋण दिने घोषणा गरेपनि कार्यान्वयन हुन सकेको छैन । सामूहिक जमानीमा पीडितलाई दिने भनिएको र तीन लाख ऋण पनि धेरैले पाउन सकेका छैनन् ।

महासंघका अध्यक्ष एवं सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जिल्लाका जोखिमयुक्त बस्तीमा रहेका लाभग्राहीलाई सुरक्षित स्थानमा सार्ने प्रक्रियालाई तीव्रता दिन प्राधिकरणलाई आग्रह गर्नुभयो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनःनिर्माणमा स्थानीय तहका जनप्रतिनिधिको अगुवाइलाई प्राधिकरणले प्राथमिकतामा राखेको जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्