काम नगर्ने ठेकेदार कान्छारामलाई कारवाही गर्न सिफारिस



२२ जेठ,काठमाडौं ।
ठेक्का लिएर समयमा काम नगर्ने र गुणस्तरहीन काम गर्ने ठेकेदार पूर्णबहादुर तामाङ कान्छारामलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालय खोलाङले सिफारिस गरेको छ । ठेक्का लिएको बर्षोसम्म पनि समयसीमा भित्र काम नगर्ने र रामेछापको गाउँगाउँमा एम्बुलेन्स वितरण गर्छु भन्दै आएका ठेकेदार कान्छारामलाई कारवाही गर्न सिफारिस गरिएको हो ।
गत प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार रहेकोे कान्छाराम कन्ट्रक्सनले निर्माण गरेको भोलीपल्टै सडक भत्किन थालेपछि कानुन अनुसार कारवाही गनुपर्ने माग गरेका छन् । पछिल्लो समय नेपाल सरकारले कामको ठेक्का लिएर काम राम्रोसँग नगर्ने निर्माण कम्पनीलाई कारवाही गर्ने घोषणा गरेको बेला नेपाली काँग्रेसका ठेकदार पूर्णबहादुर तामाङको कान्छाराम कन्स्ट्रक्सनले बनाएको सडक निर्माण सम्पन्न भएको दुई दिनमा नै उप्किन थालेपछि हल्लाखल्ला सुरु भएको छ ।

झापा जिल्लाको धरमपुर—पाँचगाछी सडक खण्ड आसपासका जनताले महिनौं धुलो खाँदा खाँदा वाक्क दिक्क भएपछि स्थानीय जनप्रतिनिधिहरुलाई गुहारे । स्थानीय जनप्रतिनिधिले समेत दबाव दिएपछि कान्छाराम कन्स्ट्रक्सनले सडक कालोपत्रे गर्ने प्रतिबद्धता पनि जनायो । नभन्दै सडक कालोपत्रे पनि भयो । तर सडक कालोपत्रे भएको भोलिपल्टबाटै उप्किन लाल्यो । गुणस्तहिन सामाग्री प्रयोग गरेको कारण सडक भत्किएको स्थानीय बताउछन । सडक भत्किन थालेपछि स्थानीयले स्थानीयले हातले कोट्याउँदासमेत कालोपत्र उप्किन थालेपछि फेरि जनप्रतिनिधिलाई गुणस्तरहिन काम गरेको भन्दै गुनासो मात्र गरेनन आक्रोश समेत व्यक्त गरे ।
यसरी स्थानीयले उप्किाएको यझापाको यो घटना कान्छाराम कन्ट्रक्सनले निर्माण गरेको हो । कांग्रेस नेता समेत रहेको ठेकदारको कान्छाराम कन्स्ट्रक्सनले ठेक्का पाएका अधिकांश ठाउँमा यस्तै गुणस्तरहिन काम हुँदै आएको छ । यो कम्पनी कांग्रेसका नेता पूर्णबहादुर तामाङ हो । रामेछापबाट प्रतिनिधिसभा चुनावमा हारेका कान्छाराम जिल्लामा पैसा बाँडेर समाजसेवीको रुपमा आफूलाई चिनाउन चाहन्छन । तर उनको कम्पनीले गरेको कामले भने बदनाम हुँदै आएको छ । विगतमा जनप्रतिनिधि नहुँदा आँखामा छारो हाल्ने शैलीमा काम गर्दै आएका कान्छाम अहिले स्थानीय जनप्रतिनिधिहरु आएपछि अपठ्यारोमा परेका छन् । पछिल्लो समय कान्छाराम कन्स्ट्रक्सनको काम गरेका अधिकांश स्थानमा समस्या देखिएको छ । धेरै काम भएको छैन भने काम भएका ठाउँमा पनि गुणस्तरीय छैन ।

बतासे र राजापानी जोड्ने मोटरेबल पुल निर्माणमा ढिलाइ गरेपछि देवसायर एन्ड कान्छाराम जेभीलाई जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत गृह मन्त्रालयमा कारवाहीका लागि सिफारिस गरिएको छ । यो पुल समयमा नबन्दा स्थानीयलाई त सास्ती भएको छ नै लागत पनि बढ्ने अवस्थामा पुगेको छ । दाङ, घोराहीको चार लेन सडक विस्तारको अवस्था पनि उस्तै छ । यहाँ कान्छाराम÷शंकर माली जेभीले ठेक्का पाएको छ । कटुवा खोला–तुलसीपुर चोकसम्म सडक विस्तारका लागि ३ पटक म्याद थपिसक्दा पनि काम भएको छैन । यो खण्डमा पेटी ठेकदार लगाएर बल्ल ५० प्रतिशत काम भएको छ ।

नमुना सडक बनाउने भनेर बेलबास–बेथरी सडक आयोजना एक अर्ब ४८ करोड ९९ लाखमा ठेक्का लाग्यो । तर बनेर होइन, काम नभएर नमुना बन्ला जस्तो छ । यो सडकको एक खण्डमा ब्रजगुरु÷कान्छाराम जेभीले काम गर्दैछ । तर, कामको गति निकै सुस्त छ । मुआब्जा र रुख कटानको विवादले काम नगरेका ठेकदारलाई आगामी साउनको म्याद गुजार्न सहज भएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङ–चिडियाखोला खण्डको सिद्धबाबा क्षेत्रमा पनि कान्छारामको काम उस्तै छ । एक वर्षमा काम सक्ने गरी कान्छाराम÷जयबाबा गोरख जेभीले ठेक्का पाएको ५ वर्ष पुग्नै लाग्दासमेत निर्माण सम्पन्न भएको छैन । यही ३ किलोमिटर कच्ची खण्डले यात्रीलाई सास्ती दिएको छ । ५ करोडमा ठेक्का हात पारेका ठेकदारहरुले ३ करोड भुक्तानी लिइसकेका छन् । तर, काम ७० प्रतिशत पनि भएको छैन । झुम्सा, दोभान, सिद्धबाबा, वृन्दावन, डुम्रे, केराबारी क्षेत्र कान्छारामको लापरवाही शैलीको काम गराईले समस्या आएको सडक डिभिजन कार्यालय पाल्पाका प्रवक्ता पवित्रमणि आचार्यले बताए ।
काठमाडौंको तीनकुने–माइतीघर सडकको ठेक्का कान्छाराम कन्स्ट्रक्सन एण्ड शर्मा जेभीले पाएको थियो । सरकारले पटक–पटक सार्वजनिक रुपमा ठेक्का सम्झौता तोड्ने चेतावनी दिएपछि मात्रै कम्पनीले बल्लतल्ल काम पुरा गरेको थियो । तर, गुणस्तरीय काम नगरेपछि अझै पूरा भुक्तानी पाएको पनि छैन । जुन सडक अहिले पनि भत्किने क्रम रोकिएको छैन् । नाला अस्तव्यस्त छन् । निर्माण गरिएका वाल पनि भत्किन थालेक छन् ।

प्रतिक्रिया दिनुहोस्