११ दिनपछि फेवातालमा भेटियो बेथानका युवा लामाको शव



२३ जेठ, काठमाडौं ।
फेवातालमा हावाहुरी चट्याङको कारण वेपत्ता भएका रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहुका युवा सुप्रिम लामाको शव भेटिएको छ । वेपत्ता भएको ११ दिनपछि लामाको शव आज फेवातालमा फेला परेको लामाको आफन्त रोज घिसिङले रामेछाप न्युजलाई बताए । उनका अनुसार आफन्तहरु शव बुझ्नको लागि आज नै पोखरा जानेछन् । लामो समयसम्म खोजतलास गर्दा पनि पत्ता नलागेपछि केही दिन मात्र उनका परिवार पोखराबाट फर्किएको थियो । शसस्त्र प्रहरी, नेपाल सेना लगायतको टोलीले वेपत्ता लामाको खोजतलास गर्दा पनि पत्ता नलागेपछि परिवारले शव भेटिने आशा मारेर काठमाडौं फर्किएका थिए ।
गत जेठ १३ गते पोखराको फेवातालमा दिउँसो हावाहुरीका कारण डुंगा पल्टँदा रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहुका एक युवा वेपत्ता भएका थिए । पाँचजना साथीको समुह फेवातालमा डुंगा खेल्दै गर्दा एक्कासी चट्याङसहित हावाहुरी चल्दा टुंगा पल्टिदा बेथान घरभई भत्तपुर बस्ने बर्ष १८ का सुप्रिम लामा बेपत्ता थिए । लामासँगै वेपत्ता भएका ४ जनालाई भने एपीएफ कालिका गणबाट खटिएका उद्धार टोलीले उद्दार गरेको थियो । प्लस टुको पढाई सकेर लामा सहित उनका साथीहरु पोखरा घुम्न गएका थिए । लामाको निधनले परिवारमा सन्टना छाएको छ । घिसिङका अनुसार लामाको शवलाई पोष्टमार्टम माफर्त काठमाडौं ल्याउइने छ ।

प्रतिक्रिया दिनुहोस्