रामेछापको ८ वटै स्थानीय तहमा पहिलो पटक मिष्टर एण्ड मिस मोडल छानिदै 



१८ असार, रामेछाप ।
रामेछाप जिल्लाको ८ वटै स्थानीय तहमा पहिलो पटक मिष्टर एण्ड मिस मोडल अफ रामेछापको अडिसन हुने भएको छ । किङ स्टार क्रेयसन प्रालि सुनापति गाउँपालिका रामेछापले जिल्लाको सवै स्थानीय तह अडिसन गर्न लागेको हो ।


विजेताले एक लाख नगद पुरस्कार पाउँने अडिसनमा १५ देखी २९ बर्ष सम्मका युवा युवतीले भाग लिन पाउने छन् । मिष्टर एण्ड मिस मोडल अफ रामेछापका लागि असार २० गतेदेखी अडिसन सुरु हुने किङ स्टार क्रेयसन प्राइभेट लिमिटेडका प्रवन्धक निर्देशक सुमन खड्काले बताए । उनका अनुसार असार २० गते सुनापती गाउँपालिका, २३ गते दोरम्बा गाउँपालिका,२७ गते खँडादेवी गाउँपालिका र ३० गते मन्थली नगरपालिकामा मिष्टर एण्ड मिस मोडल अफ रामेछापका लागि अडिसन हुनेछ ।
साउन २ गते रामेछाप नगरपालिका, ५ गते लिखु तामाकोशी गाउँपालिका , ९ गते उमाकुण्ड गाउँपालिका र १२ गते गोकुलगंगा गाउँपालिकामा अडिसन गर्ने कार्यक्रम रहेको खडकाले जानकारी दिए । गाउँको कुना कन्दरामा रहेको प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यका साथ मिष्टर एण्ड मिस मोडल अफ रामेछापका अडिसन संचालन गर्न लागेको बताउदै खडकाले कार्यक्रमलाई सफल बनाउनको लागि सबैको साथ र सहयोगको खाँचो रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्