सुनापती गाउँपालिकाका प्रतिनिधिमाथि मोक्तानको ४ प्रश्न



आज धेरै दिन पछि केही राजनीतिक शब्द कोर्न मन लाग्यो । रामेछाप जिल्लामा समयानुकूल स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भयो र आज जनताबाट चुनिएर गएकाहरु नेतृत्वमा पनि पुग्नु भएको छ । यो अर्थमा धेरै खुशी लाग्छ ।

अरुले उम्मेदवारलाई मन पराए वा नपराए पनि तपाईं हामी युवाहरु मिलेर पार्टिको अधिकारिक ब्यक्तिलाई नै जितायौ र जिम्मेवार पनि थियो । तर आज समयको मागले कम्युनिस्ट एकता भएको छ । कतिपय ठाउँमा सगठनको कामहरु बाकी नै छ । तर यो अवस्थामा रामेछापका कम्युनिस्ट नेताहरु आफ्नो सिट सुरक्षित गर्न ब्यस्त हो कि अब जनता युवा चाहिदैन भन्ने मानसिकता हो ? यो बुझ्न सकेको छैन ।

चुनाबको बेला युवाहरु राजनीतिबाट जति स्खलित भएको थियो त्यो भन्दा बढी अहिले कम्युनिस्ट युवाहरुमा देखिएको छ । तर पनि नेतृत्वले नजर अन्दाज गर्न सकेको छैन । अबको दुई तीन बर्षपछि के जनता युवा र सगठन बिना फेरि सत्तामा पुग्न सक्छ र ? कि त्यतिबेलाको लागि केही ललिपप तयारी गर्दै हो ? त्यसैले बेलैमा नेतृत्वले मनन गरून् ।

अन्त्यमा, अरु ठाउँमा नि त्यस्तै होला । तर मेरो सुनापती गाउपालिकाको कम्युनिस्ट युवाहरुमा अहिले बितृष्णा भएको छ।यो बिषयमा मैले आफू भन्दा माथिल्लो निकायसङ्ग पटक पटक छलफल गरे पनि वास्ता दिएन । हिजो चुनाबको आसपास भए के छ समस्या भन्नू भनेर आफै सोध्ने गर्नु हुन्थ्यो।माथिल्लो निकायले पनि तल्लो निकायमा समस्या के हो कहिले बुझ्ने कोसिस गरेन ।

अनि गाउँपालिका भए गाउपालिकाको एक दुई जना टाउकेहरुलाई नै समग्र सगठन देख्ने र त्यो टाउके एक दुई जनाले जे गर्यो जे भयो त्यही हुन्छ ? भन्ने मानसिकता बोकेको भए अझै खबरदारी गर्न चाहान्छु ।आज युवाहरु राजनीतिबाट टाढा हुनेक्रम छ । तर मजस्तै अरु साथीहरु राजनीती नै गर्छु भन्दापनि नेतृत्वले काखापाखा गर्ने चलन छ यो छोड्नुस अनिमात्र सगठन मजबुत हुने छ।
राजिब मोक्तान
सयोजक
सुनापती गाउँपालिका

प्रतिक्रिया दिनुहोस्