रामेछापको ८ वटै स्थानीयलाई चिनाउने गरी सार्वजनिक भयो नयाँ भिडियो



रामेछाप जिल्लाको विविध पक्षलाई समावेश गरेर निर्माण गरिएको मेरो प्यारो रामेछापको गीत तथा भिडियो सार्वजनिक भएको छ । रामेछाप जिल्लाको ऐतिहासिक, सांस्कृतिक धार्मिक एवं गाउँ ठाउँलाई समावेश गरेर निर्माण गरिएको भिडियो सार्वजनिक भएको हो । रामेछाप लिखु तामाकोसी गाउँपालिका १ दुरागाउँ निवासी गीतकार चम्पक गुरुङ र विकास गुरुङले रामेछापको आठ वटै स्थानीय तहलाई समावेश गरे गीत निर्माण गरेका हुन् । रामेछापको गीतको स्वर स्वरुपराज आचार्य र संगीत फुलकुमार बम्जनले दिएका छन् । म्युजिक भिडियोमा विकास गुरुङ र नम्रता सापकोटाको अभिनय रहेको छ ।

कर्यक्रममा रामेछापका प्रतिनिधिसभाका सांसद श्यामकुमार श्रेष्ठले रामेछापको विभिन्न पक्षलाई समावेश गरेर रचना गरिएको गीत र म्युजिक भिडियोले रामेछापको प्रचार प्रसारले ठूलो योगदान दिने बताए । म्युजिक भिडियोले रामेछापको बिम्ब बोकेको बताउदै उनले रामेछाप जिल्लालाई चिनाउन थप सहयोग पुग्ने बताए ।

उक्त कार्यक्रममा पूर्व सभासदद्धय लक्ष्मी गुरुङ,आङटावा शेर्पा, युवा संघका केन्द्रीय सदस्य जयदेव गुरुङ,रामेछाप नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष केदार कार्की लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीहरुले गीत संगीतका माध्यमबाट जिल्लाको थप प्रचार प्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्