नेपालथाेकदेखि सुनापती डाडाँडासम्म अब केबलकार !



३२ असार, रामेपछाप ।
सुनापती गाउँपालिकाले सिन्धुलीको नेपालथोकस्थित कुशेश्वर महादेव स्थानदेखि सुनापती डाडाँडासम्म केबलकारर सञ्चालन गर्ने भएको छ । सुनापती गाउँपालिकाको आफ्नो नीति तथा कार्यक्रममा केबलकार सञ्चालनलाई जोड दिएको छ ।

गाउँपालिकाको नीति तथा कार्यक्रममा धार्मिक तथा पर्यापर्यटन प्रवद्र्धनमा टेवा पु¥याई जनताको आयआर्जनमा वृद्धि गर्दै जीवनस्तर उकास्नका लागि कुशेश्वर महादेव स्थान, दुम्जाबेँसीदेखि सुनापती डाँडासम्म केवलकार आयोजना सञ्चालनका लागि आगामी आर्थिक वर्षबाटै सम्भाव्यता अध्ययनको कार्य थालनी गरिनेछ । सोका लागि आवश्यक स्रोतको व्यवस्था गरिने उल्लेख गरिएको छ ।


आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न रु.३४,७२,६३,०००।– ( अक्षरुपी चौतीस करोड बहत्तर लाख त्रिसठ्ठी हजार) विनियोजन गरेको छ । । कूल विनियोजित बजेटमध्ये चालुतर्पm ५ करोड २१ लाख सन्तानब्बे हजार अर्थात् १५.०३ प्रतिशत, पूँजीगतफ रु.२९ करोड ५० लाख ६६ हजार अर्थात्८४.९७ प्रतिशत रहेको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट १५ लाख, प्रदेश सरकारबाट समानीकरण अनुदान ७७ लाख ७८ हजार र सशर्त अनुदान २ करोड ५४ लाख ८८ हजार र संघीय समानीकरण अनुदानबाट रु. ११ करोड १८ लाख र सशर्त अनुदान रु. १३ करोड ३५ लाख, राजस्व बाँडफाँटबाट ५ करोड ६ लाख ९७ हजार रहेको छ । त्यसैगरी नगद मौज्दात रु. १ करोड ७४ लाख ३७ हजार २ सय ४४ पैसा ५० गरी कूल रु. ३४ करोड ७२ लाख ६३ हजार रहेको गाउँपालिकाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्