बिपी राजमार्गमा गाडी गुडाउनै मुस्किल (भिडियो सहित)



१५ साउन, काभ्रे ।
राजधानी जोडने वैकल्पिक विपी राजमार्गको यात्रा दिन प्रतदिन कष्टकर बन्दै गएको छ । स्थानीय तहमा जथाभावी सडक निर्माण गरिएको कारण आउने खहरे खोलामा बाढी आउदा सवारी साधन आवत जावत गर्न ने मुस्किल हुने गरेको छ ।

डिभिजन सडक कार्यालय खुर्कोटले सडक अवरोध हटाउनको लागि तयारी अवस्थामा मेसिन राखे पनि खोलामा गेग्रन्न सहित लेदो आउने गरेको कारण अवरोध पन्छाउन कठिन हुने गरेको डिभिजन सडक कार्यालय खुर्कोटका प्रमुख राजेक महर्जनले रामेछाप न्युजलाई बताए । उनले सवारी साधन सञ्चालन गर्न कठिनाई हुने माम्ती खोलामा पनि पक्की पुल निर्माणको लागि प्रस्ताव गरेको बताए ।

भिडियाे साभारः देवशकंर पाैडेलकाे फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्