दोरम्बालाई नमूना बनाउने अभियान साकार हुँदैछ’



स्थानीय तहमा सरकार गठन भएको झण्डै डेढ बर्ष पुगेको छ । निर्वाचन अघि राजनीतिक दलहरुले विकास निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सो प्रतिबद्धता अनुसार डेढ बर्षको अवधिमा के–के काम भयो त भन्ने धेरैलाई जिज्ञासा लाग्नु स्वभाविकै पनि हो । यसै विषयमा दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खडक बहादुर श्रेष्ठसँग रामेछाप न्युजको लागि स्नेहा सिलवालले गरेको कुराकानीः

खड्क बहादुर श्रेष्ठ,वडा अध्यक्ष, दोरम्बा गाउँपलिका–२ दोरम्बा

निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार के–के काम गर्नुभयो ?
निर्वाचनको क्रममा हामीले जनताको बीचमा जे प्रतिबद्धता व्यक्त गरिएको थियौ । यो अवधिमा हामीले मन बचन र कर्मबाट काम गरिरहेका छौं । हामीले प्रतिबद्धता अनुसार काम गरिरेहका छौं । राजधानी काठमाडौदेखि गाउँपालिकाको केन्द्र, सदरमुकाम मन्थलीबाट गाउँपालिकासम्म बर्षाको समयमा यातायातको साधानहरु सञ्चालन गर्न सकिने अवस्था थिएन । हामीले जिम्मेवारी सम्हालेपछि अहिले १२ महिना नै यातायात सञ्चालन गर्न सफल भएका छौं । निकै ठूलो चुनौतीको सामना गरेर अहिले सहज रुपमा गाडी चल्न सक्ने भएको छ ।
हामीले वडाभित्र विपद् व्यवस्थापनको लागि तत्काल हेलिकोप्टर मार्फत उद्दार गर्नको लागि हेलिप्याडस्थल निर्माण गरेका छौ । अझै दिर्घकालिन रुपमा व्यवस्थापन गर्ने काम बाँकी छ ।
सडक निर्माणको काम कसरी अगाडि बढेको छ ?
दुई वटा टोल बाहेक अन्य सबै ठाउँमा सडक पुगेको छ । दोरम्बाको एकीकृत नमूना वस्ती निर्माण हुने क्षेत्रमा चक्रपथ निर्माणको काम सम्पन्न भएको छ । पहिलो काम प्राथमिकताको साथ ट्रयाक ओपन गर्ने काम सम्पन्न भएको छ । दोरम्बादेखि गाउँपालिकाको केन्द्र टोकरपुर जोडने सडकको स्तरउन्नतीको काम पनि सम्पन्न भएको छ ।
दोरम्बा वडाका ढोइगाउँमा नयाँ ट्रयाक ओपन भइसकेको छ । पहाडको रोड खन्ने ट्रयाक ओपन भएपछि हिउदको समयमा चल्न सक्ने तर बर्षाको समयमा चल्न नसक्ने अवस्था छ । सधैभरी गाडी सञ्चालन गर्न सडकको ग्रेट मिलाउने काम गर्यौ । सबै रोड साँघुरो अवस्थामा थियो अहिल फरालिको बनाउने काम भयो । पानीको निकास नहुँदा धेरै सडक विग्रिने अवस्थामा थियो । अहिले डेन व्यवस्थित गरेका छौ । कजवे निर्माण गरेका छौ । पानीको निकास दिएका छौ । अहिले सडक राम्रो छ । भएको बजेटले व्यवस्थापन सोलिङ ग्राबेल गर्ने काम गरेर काम सम्पन्न गरेका छौ । दोरम्बा वडाभित्र सडक निर्माणलाई व्यवस्थित गर्ने काममा अहिले पनि लागि रहेका छौं ।
सामाजिक विकृति नियन्त्रण गर्नतर्फ के योजना अगाडि सार्नुभएको छ ?
सामाजिक विकृतिको रुपमा रहेको जाड रक्सी, जुवातास नियन्त्रणको अभियान सञ्चालन ग¥यौ । विशेषगरी जनजातिहरुको बाहुल्यता बढी भएको कारण जाड रक्सीको कारणले समाजमा झै झगडा मात्र होइन ज्यान जाने क्रम पनि बढयो । निषेध गर्न नसके पनि नियन्त्रण गर्न हामीले अहिले पनि अभियान जारी राखेका छौं । विगतमा जाड रक्सी खाएर झगडा गर्दा ज्यान नै जाने घटना भएकाले निषेध गर्न नसकिए पनि नियन्त्रण गर्ने वडाभरी नै अभियान चलाएका छौं । सार्वजनिक ठाउँमा अहिले जाड रक्सी खाएर होहल्ला गर्ने क्रम घटेको छ । जाड रक्सी नियन्त्रण गर्नको लागि समिति गठन गरेर नै अभियान अगाडि बढाउने लक्ष्य लिएका छौ । विकृति र विसंगती हटाएर एउटा सभ्य समाज निर्माण गर्ने अभियान जारी छ । जुन अभियानलाई जनताले साथ र सहयोग गरेका छन् ।
वडाभित्र सबै जनताले विद्युत बाल्न पाएका छन कि छैनन् ?
वडाको साविकको ६ नम्बर वडामा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । टान्सफर्मर राखेपछि तत्काल बिजुली बल्ने अवस्था छ । केही नपुग सामानहरु हामीले ल्याउन पहल गरिरहेका छौं । केही समयमा करिब ८० घरमा विद्युतीकरण हुन्छ । यसपछि ाम्रो वडा पूर्ण रुपमा विद्युतीकरण हुनेछ ।
शिक्षामा सुधारको लागि के योजना अनुसार काम गरिरहनुभएको छ ?
हाम्रो वडामा उच्च मावि सहित पाँच वटा प्रावि छ । जस अन्तर्गत साविक संरचना अनुसार ढोइगाउँमा निमावि हो । उक्त विद्यालयमा एउटा प्रोजेक्टबाट चार कोठे भवन निर्माण सम्पन्न हुने क्रममा छ । उच्च मावि निर्माणको काम एडिबीको सहयोगमा भइरहेको छ । १४ कोठे सम्पन्न हुने चरणमा छ । जुन भवन निर्माण गर्न झण्डै ५ करोड रुपैयाँ लाग्नेछ । गुणस्तरीय शिक्षा प्रदान कसरी गर्न सकिन्छ भन्ने विषयमा सरोकारवाला निकायसँग परामर्श गरेर काम गरिरहेका छौं ।
खेलकुदको विकास गर्न के के काम गर्नुभयो ?
भैगालिक रुपमा पनि दोरम्बामा सम्भावना भएको ठाउँ हो । फुलबल ग्राउण्ड कवर्ड हलको रुपमा विकास गर्न सकिन्छ । राष्ट्रिय रुपमा नै फुलबल ग्राउण्ड बनाउने हाम्रो लक्ष्य छ । अहिले हामीसँग व्यवस्थित ग्राउण्ड त छैन तर खेल सञ्चार्लशनको लागि पर्याप्त संरचना भने छ । भौतिक पूवसँग त न होला । फुटबल खेल सञ्चालन गर्न संरचना पुगिसकेको छ ।
कृषि क्षेत्रको विकास कसरी गरिरहनुभएको छ ?
दोरम्बालाई नै लक्षित गरेर वडाको पर्यटन कृषि र स्वास्स्थ्य शिक्षालाई प्राथमिमिकरण गरिएको छ । कृषिले पनि दोरम्बालाई नै आर्थिक रुपमा रुपान्तरण गर्न सकिन्छ । हामीसँग अग्लेश्वर र सैलुड डाँडा छ । ऐतिहासिक र धार्मिक क्षेत्रहरु छन् । पर्यटनलाइ जोडेर कृषिलाई लिएर जान चाहन्छौ । चिया बगानको विकास गरेर लैजाने लक्ष्य छ । दोरम्बामा किबी आलु, अलैचीजस्ता कृषिजन्य वस्तुहरुको राम्रो सम्भावना छ । कृषि पकेट क्षेत्रको रुपमा विकास गरेर लैजाने लिएका छौं ।
वडाको विस्तृत गुरु योजना नि ?
गत आर्थिक बर्षमा सडकलाई नै प्राथमिकता दिएर खर्च गर्यो । बाटोमा बजेट लगानी गरेपछि केन्द्रदेखि सदरमुकामबाट गाउँपालिकाको केन्द्र र वडासम्म सहज रुपमा जान सकिन्छ । पर्यटन, कृषि स्वास्थ्य क्षेत्रको विकास आवश्यता छ । पर्यटन र कृषि क्षेत्रको गुरु योजना निर्माणको लागि बजेट विनियोजन गरिएको छ । दोरम्बा भौगौलिक रुपमा सुन्दर छ । त्यति नै नागरिकहरु पनि सुन्दर छन् । जनताको साथ र सहयोग पाएका छौं । अझै सहयोगको अपेक्षा गरेको गर्दछु ।

प्रतिक्रिया दिनुहोस्