रामेछापको ल्याङल्याङमा बन्यो स्वास्थ्य केन्द्र



२ भदौ, रामेछाप ।
रामेछाप जिल्लाको रामेछाप नगरपालिका–९ स्थित ल्याङल्याङमा शहरी स्वास्थ्य केन्द्रको निर्माण कार्य सम्पन्न भएको छ । नवनिर्मित भवनको शनिवार रामेछाप नगरपालिकाका नगरप्रमुख नरबहादुर थापा मगर र जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. प्रकाश शाहले संयुक्त रुपमा उदघाट गरे ।

कार्यक्रममा रामेछाप नगरपालिकाका वडा अध्यक्षहरु भिमबहादुर तामाङ, धनबहादुर खड्का, समिर कार्की, गौरीशकंर माविका प्रअ निरबहादुर कार्की लगायतको सहभागीता रहेको थियो । ल्याङल्याङमा स्वास्थ्य केन्द्र निर्माण भएपनि स्थानीयमा खुसी छाएको छ भने प्राथमिक उपचार पनि गाउँमा नै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्