रामेछापमा टिपरको ठक्करबाट तामाङकाे निधन



३ भदौ, रामेछाप ।
रामेछापको लिुख तामाकोसी गाउँपालिकाका–४ नागीमा टिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । बा १ क ७७५४ नम्बरको टिपरले ठक्कर दिदा ५५ बर्षिय सुर्यमाया तामाङको ज्यान गएको हो ।
आइतबार साँझ ५ सहकारीमा पैसा जम्मा गरेर घरतर्फ फर्कने क्रममा विपरीत दिशाबाट आएको टिपरले ठक्कर दिदा घटनास्थलबाट थप उपचारको लागि अस्पताल लैजाने क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

प्रहरीका अनुसार लिखु ३ हाइड्रोपावरमा कार्यरत टिपर चालकलाई यिन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख अमरेन्द्र सिंहले टिपर चालकलाई प्रक्राउ गरिएको रामेछाप न्युजलाई बताए । रामेछापमा पछिल्लो समयमा टिपर आतङक बढेको छ ।

प्रतिक्रिया दिनुहोस्