महिला हिंसा विरुद्ध रामेछापका प्रजिअ शर्मालाई महिला संगठनले बुझायो ज्ञापनपत्र



६ भदौ, रामेछाप ।
म्हिला हिंसा बढेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन जिल्ला कार्य समितिले रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई ज्ञापनपत्र बुझाएको छ । महिला विरुद्ध हुने हिंसाको अन्त्यको माग गर्दै संगठनले ज्ञापनपत्र बुझाएको हो ।


देवकोटाचोकबाट सुरु भएको नारा, जुलुस सहितको र्याली जिल्ला प्रशासन कार्यालय अगाडी पुगी धर्नामा परिणत भएको थियो । संगठनका केन्द्रीय सहसचिव तथा प्रदेश नं. ३ कि सांसद रिता माझी, संगठनको जिल्ला अध्यक्ष शान्ता भुजेल, पार्टीका केन्द्रीय सदस्य लालध्वज लामा, सरस्वती श्रेष्ठ, जिल्ला अध्यक्ष रामचन्द्र कँडेल लगायतका प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मालाई ज्ञापनपत्र बुझाएका थिए ।
प्रदेश नं. ३ कि सासद रिता माझीले २१ औं शताब्दीका विशेष गरी महिलाहरुको वास्तविक जीवनशैली र कानुनी अधिकारहरु हेर्ने हो भने आकाश जमिन फरक हरेको बताइन । नेपालको संविधानमा महिला हक, अधिकारहरु प्रशस्त मात्रामा लेखिएका छन्, कार्यान्वयन हुन अझ बाँकी छ,उनले भनिन ।


४ बर्षे बालिकादेखि लिएर ७७ बर्षिय बृद्धासम्म बलात्कृत भएका छन् । अपराधीलाई कुनै पनि आवरणमा उन्मुक्तिको अवस्था नदिन र तुरुन्त अपराधीलाई कानुनी कठघरामा ल्याइ कडा कारवाही गर्न पनि सांसद माझीले माग गरिन । बलात्कारीलाई सर्वस्व सहित आजीवन थुनाको कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको बताउदै उनले मानिसहरुलाई मानिस भएर राम्रो सामाजिक व्यवहार गरी बाच्नका लागि शिक्षामा अनिवार्य नैतिक शिक्षा पढाउने व्यवस्था, महिला माथि हुने सम्पूर्ण  हिसा अन्त्य गर्नुपर्ने बताइन ।
राप्रपाको महिला संगठनले बुझाएको ज्ञापनपत्र गृह मन्त्रालयमा पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्