नेविसंघ प्रदेश नम्बर ३ को प्रवक्तामा रत्नहरि ढुंगेल



७ भदौ, काठमाडौं ।
नेपाल विद्यार्थी संघ प्रदेश नम्बर ३ को प्रवक्तामा रत्नहरी ढुंगेल मनोनित भएका छन् । नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य समेत रहेका ढुङगेललार्इ प्रदेश नम्बर ३ को प्रवक्ताको जिम्मेवारी दिइएको हो । रामेछाप जिल्ला खाँडादेवी गाउँपालिकामा जन्मिएर लामोसमयदेखी सक्रिय विद्यार्थी राजनीतिमा रहेका गरेका ढुङ्गेल सामाजिक क्षेत्रमा पनि आफ्नो सक्रियता देखाउदै आएका छन् ।

प्रवक्तामा ढुङ्गेलसहित प्रदेश सदस्यहरुमा प्रचण्ड दीप कार्की (दोलखा) कुमार दुलाल (सिन्धुपाल्चोक ), राजेश तिमल्सिना (काभ्रेपलान्चोक), कृष्ण विलास अधिकारी (चितवन), देवराज नेपाल (सिन्धुली), कविता वर्तौला (मकवानपुर) मनोनीत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्