रामेछापबाट पूर्व एमालेबाट नेकपाका ६९ जिल्ला कमिटी सदस्य छानिए को–को परे ? (नामावली सहित)



११ भदौ, रामेछाप । नेपाल कम्युष्टि पार्टी रामेछापले पूर्व एमालेबाट ६९ जना जिल्ला कमिटीमा पर्ने सदस्यहरुको सिफारिस गरेको नाम सार्वजनिक भएको छ । रामेछापमा नेकपाको १३५ सदस्य जिल्ला कमिटी बन्ने छ । जस अनुसार पूर्व माओवादीलाई ६६ र पूर्व एमालेको भागमा ६९ जना सदस्यको भागवण्डा भएको थियो । पूर्व माओवादीले यस अघि नै जिल्ला कमिटीमा पर्ने सदस्यहरुको नामावली सार्वजनिक भइसकेको छ भने पूर्व एमालेले सिफारिस गरेका ६९ जनाको नाम पनि सार्वजनिक भएको छ । पूर्व एमालेको तर्फबाट जिल्ला कमिटीको सचिवालयमा रहने नेताहरुको नाम पनि टुंगो लगाएर कार्यदललाई सिफारिस गरेको छ ।
यी हुन सचिवालयमा सिफारिस गरेका सदस्यहरुः
प्रेमबहादुर तामाङ, आनन्द श्रेष्ठ, झम्क कडेल, कृष्णहरि अधिकारी, ज्ञानकुमार श्रेष्ठ, लव श्रेष्ठ, धुब्र कुमार कार्की, रामकृष्ण लामा, उद्धव कडेरिया, प्रकाश कुमार कार्की, दिपशिाखा दाहाल, केवश कुमार प्रधान रहेका छन् । रामेछाप न्युज । त्यसैगरी प्रेमबहादुर खड्का, पुरुषोत्तम कडेरिया, चित्रबहादुर कार्की, रमेश कुमार बस्नेत, मानबहादुर विक, शान्तिदेवी पौडेल, खडग बहादुर सुनुवार, होतराज ढकाल, शम्बर बहादुर बोहोरा, कुमार कडेल, पुष्कर कार्की रहेका छन् ।
यी हुन जिल्ला कमिटीका सदस्यहरुः
गंगा कार्की, दिनेश सुवेदी, डम्बर बहादुर बोहरा, यामबहादुर तामाङ, आशबहादुर तामाङ, सिरे तामाङ, इन्द्रबहादुर तामाङ, चन्द्र मानन्धर, कमल प्रसाद ढुंगेल, दनरु शेर्पा, नेत्र बहादुर थापामगर रहेका छन् । रामेछाप न्युज । त्यसैगरी भिमबहादुर तामाङ, राजेश श्रेष्ठ, मिलन घिसिङ, विएसी लामा, दिपा कार्की, वलवा माझी, घनश्याम सार्की, ईश्वरीराज घिमिरे, षडान्नद कडेरिया, राजेन्द्र कुमार कार्की पनि जिल्ला कमिटीको सदस्यमा सिफारिस भएका छन् । रामेछाप न्युज ।

त्यसैगरी शेरबहादुर सुनुवार, गोविन्द खड्का, हरिशकंर बस्नेत, ढाल विक्रम कार्की, रत्न बहादुर दर्जी, राधिका खड्का, तेजबहादुर बोहरा, प्रेम लामा, महेशलाल प्रधान, कृष्ण बहादुर तामाङ, देवेन्द्र कुमार मोक्तान, रोज ग्यापक, लिलामाया सुनुवार, हेमकुमारी तामाङ, राधिका श्रेष्ठ, दिपा पाख्रिन, अनिता थापा कार्की, विन्दा घिमिरे, ईश्वरी बस्नेत, मखमली श्रेष्ठ, सुभद्रा कडेल पाठक, िङडोमा शेर्पा, किरण मोक्तान, सरिता खाती र तिर्थ बहादुर श्रेष्ठ जिल्ला कमिटीमा सिफारिस भएका छन् ।

पूर्व एमालेको यस अघि जिल्लामा ७४ सदस्यीय जिल्ला कमिटीको सदस्य रहेको थियो । पूर्व जिल्ला कमिटीको सदस्यहरुलाई नै प्राथमिकता दिने भनेपनि महिलाको संख्या थप्नु पर्ने भएको कारणले करिब वीस जना नयाँ अनुहार थपिएका छन् । यस अघि जिल्ला कमिटीमा नरहेका तर स्थानीयमा जनप्रतिनिधिहरुलाई समावेश गरिएको छ ।

महिलाको संख्या बढाउदा पुराना अनुहारहरु बाहिरिएका छन् । जिल्ला कमिटीमा नपर्नेहरुले नाम सिफारिसप्रति असन्तुष्टि जनाएको बताए । एक पूर्व जिल्ला कमिटीका सदस्यले रामेछाप न्युजसँग भने,‘पार्टीमा लागेको लगानी र योगदान भन्दा पनि व्यक्तिहरुको अनुहार छनोट गर्ने काम भयो, चित्त बुझाउने ठाउँ पनि भएन ।’

प्रतिक्रिया दिनुहोस्