रामेछापकाे सित्खा–लुभु लोकमार्गमा गाडी गुडदा ह्वातै घटयो भाडा



१ असोज, रामेछाप ।
रामेछापको सुनापती गाउँपालिकाको केन्द्र साँदीडाँडाबाट काठमाडौंसम्म सिधै वस सञ्चालन भएपनि आधा भाडा सस्तो भएको छ । रामेछाप–सिन्धुली जोडन खैरेनीघाटको पुल नहुँदा निकै सास्ती खेप्दै आएका सुनापती र दोरम्बा गाउँपालिका बासिन्दालाई मध्य पहाडी लोकमार्गमा अस्यायी रुपमा यातायात सञ्चालन भएपछि भाडा सस्तो भएको हो ।
सुनकोसीको सित्खा पुलबाट सुनकोसीको किनारै किनार करिब ११ किलोमिटर मध्य पहाडी लोकमार्गको ट्याक ओपन भएपछि बस सञ्चालन भएको छ ।


सोमवारबाट काठमाडौंबाट बिपी राजमार्गबाट सित्खाको पुल मध्य पहाडी लोकमार्ग हुँदै खाडाँदेवी गाउँपालिकाको लुभुबाट सुनापती गाउँपालिकाको केन्द्र साँदीडाडासम्म सिधा बस सञ्चालनमा आएको छ । खैरेनीघाटमा पुल नहुँदा लुभुमा हाल दुई वटा वसले हिलेदेवीसम्म सुविधा दिदै आएको थियो । जसको कारण दुई वटा गाडी परिवर्तन गर्नुपर्ने बाँध्यता थियो । तर लोकमार्गमा ट्याक ओपन भएस्ँगै सिधै वस सञ्चालनमा आएपछि भाडा पनि आधा सस्तो भएको छ । यस अघि सुनापती गाउँपालिकाको केन्द्र सादीडाँडाबाट काठमडौसम्मको भाडा टाटासुमोले ८ सय रुपैयाँ लिदै आएको थियो । तर वस सञ्चालन भएपछि पाँच सय रुपैयाँमा झरेको छ ।
सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले गाउँपालिकाको केन्द्रबाट काठमाडौंसम्म दैनिक छ वटा बस सञ्चालन हुने बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘सित्खाबाट लुभु खनियापानी डहु बेथान हुँदै गाउँपालिकाको केन्द्र हिलेदेवीसम्म अब दैनिक बस सञ्चालन हुन्छ ।’ उहाँले गाउँपालिकाको पहलमा नै मध्य पहाडी लोकमार्गसँग समन्वय गरेर गाडी सञ्चालन गरेको बताउनुभयो । अब सुनापती गाउँपालिकाबा बासिन्दा नेपालथोकबाट लुभुको झोलुङगे पुल तरेर आउने÷जाने बाँध्यता हटेको छ । दैनिक रुपमा बस सञ्चालन हुने भएपनि बाँध्यता हटेको हो ।
उक्त रुटमा हाल हिमाल तराई र अरनिको यातायात सञ्चालन भएकोछ । काठमाडौंबाट सित्खा हुदै लुभुसम्मको लागि २५०,खनियापानी ३००, कटुन्जे ३३०, भ्वाँसा ३५०, डहु ३७०, बेथान ४००, साँदीडाँडा ४५० र स्वाँरा ५०० सय रुपैयाँ भाडा निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्