‘बिदेश जाने पैसा लिएर गाउँ आउनुहोस, गाउँमै राेजगारी दिन्छाैं’



रामेछापको सुनापती गाउँपालिका प्राकृतिक स्रोत र साधानमा धनी छ । तर स्रोत साधनको सञ्चालन र व्यवस्थापनमा गर्न भने जनप्रतिनिधिहरुको पर्याप्त ध्यान जान सकेको छैन् । निर्वाचनको क्रममा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले समृद्धिको सपना बाँडेका थिए । स्थानीय तहको सरकार गठन भएको पनि डेढ बर्ष वितिसकेको छ । स्थानीय तहमा विकास निर्माण भनेको सडक निर्माण मात्र हो कि भन्ने आभास पनि भएको छ । सडकमा बजेट त खर्चिएको छ । तर अपेक्षाकृत रुपमा विकास निर्माणको कामले फडको मार्न सकेको छैन् । सुनापती गाउँपालिकाले पनि समृद्धिको सपना बाँडेको छ । सपना पूरा हुने आशा र अपेक्षमा गाउँपालिकावासी बसेका छन् । तर गाउँपालिकाभित्र रोजगारी सृजना हुने कुनै पनि उद्योग धन्दा चल्न सकेको छैन् । सुनापती गाउँपालिका वडा नम्बर २ दिमीपोखरीका वडा अध्यक्ष कमल केसीसँग निर्वाचनमा गरेको प्रतिबद्धता अनुसारको काम, गाउँपालिकाबाट सम्पादन भएका काम, वडाभित्र विकास निर्माणको काम र आगामी योजना लगायतको विषयमा रामेछाप न्युजको लागि स्नेहा सिल्वालले गरेको कुराकानीः–

कमल केसी,  वडा अध्यक्ष, सुनाती गाउँपालिका–२ दिमीपोखरी

निर्वाचनको क्रममा जनतासँग धेरै प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । निर्वाचित भएपछि यस बीचमा के–के काम गर्नुभयो ?
–निर्वाचनको क्रममा जनतासँग पूरा गर्न नसक्ने प्रतिबद्धता व्यक्त गरेको थिइन । किनकी प्रतिबद्धता अनुसार काम गर्नुपर्छ । मैले निर्वाचनमा क्रममा भोट माग्दा वडा नम्बर २ का जनतासँग सबैले महशुस गर्ने गरी काम गरेर देखाउछु भनेको थिए । त्यो अनुसार काम गरेको छु । सीमित बजेटबाट जनताको सबै आकांक्षा पूरा आजको भोली नै हुने अवस्था छैन् । गाउँपालिकाको बैठकमा वडाको विकासको लागि स्पष्ट मार्गचित्र सहितको योजना प्रस्ताव गर्ने, त्यो अनुसार परेको बजेटलाई जनताकै सहभागीतमा सम्पन्न गर्ने कार्यमा मैले ध्यान दिएको छु ।

मैले निर्वाचनको क्रममा वडाभित्र बाह्रै महिना गाडी सञ्चालन गर्ने प्रतिबद्धता गरेको थिए । अहिले वडाको सबै क्षेत्रमा बर्षाको समयमा पनि गाडी सञ्चालन हुने गरी सडकको स्तरउनन्ती गर्ने काम भएको छ । जसबाट जनताले निकै ठूलो सेवा पाएका छन् । मैले भूगोलको कारण आधारभूत स्वास्थ्य सुविधा लिन घण्टौ धाउनु पर्ने बाँध्यता हटाएर नयाँ थप एउटा स्वास्थ्य चौकी इकाइको स्थापना गर्न सफल भएको छु ।

विद्यालयहरुमा सिसी क्यामेरा जडान गर्ने भएको थिए । त्यो काम अगाडि बढेको छ । वडाको माथिल्लो क्षेत्रमा घातक सल्लो विस्थापित गरेर चियाखेतीको रुपमा विकास गर्ने योजनाको लागि वडामा बजेट नआउदा कार्यान्वयन गर्न सकिएको छैन् । आगामी दिनमा यो योजना पनि अगाडि बढाउछु । जे बोलेको थिए । क्रमशः कार्यान्वयनको काम धमाधम भइरहेको छ ।

चिया खेतीको काम किन अगाडि बढन सकेन त ?
–गत बर्ष वडाले नै चियाखेतीको लागि बजेट विनियोजन गर्ने भएका थियौ । तर गाउँपालिकाले नै चिया खेतीको कार्यक्रम अगाडि बढाउने भनेपछि वडामा बजेट आएन । गाउँपालिबाट कार्यक्रम हुँदा झन राम्रो हो । तर यस बर्ष पनि चियाखेतीको लागि कार्यक्रम अगाडि बढेन । यदी गाउँपालिकाकाले यस कार्यक्रम अगाडि नबढाउने हो भने अर्को बर्षबाट वडाबाटै बजेट छुटयाएर भएपनि गाल्वा भन्दा पश्चिम तर्फको सल्लाको जंगल विस्थापित गरेर चिया खेतीको कार्यक्रम अगाडि बढाउछौं । चिया खेतीको कार्यक्रम मैले निर्वाचनमा गरेको प्रतिबद्धता हो
। यो काम गर्न अहिले पनि म प्रतिबद्ध छु । मेरो कार्यकालमा नै चियाखेतीको काम अगाडि बढछ । चिया खेतीले रोजगारी सृजना गर्नेदेखि लिएर पर्यटक भित्र्याउने काममा ठूलो टेवा पुर्याउछ । चिया बगान निर्माण गर्न गत बर्ष ८ लाख बजेट छुटयाइएको थियो । पालिकाले काम गर्ने भनेपनि अहिलेसम्म सुरु भएको छैन् । चियासँगै हामीले आगामी बर्ष २ लाख उन्नत जातको अलैचीको बेर्ना उत्पादन गरेर कृषकलाई वितरण गर्ने योजना बनाएका छौं ।

तपाईले निर्वाचको क्रममा मसाने पाटी निर्माण गर्छु भन्नुभएको थियो नि ?
यो प्रतिबद्धता पूरा भइसकेको छ । मसाने पाटी नहुँदा दुःखको समयमा झन पानी पर्दा अर्को पीडा थपिने गरेको थियो । खोला र डाँडामा ओत लाग्ने ठाउँ नहुँदा ठुलो समस्या थियो । यो समस्या हरेक जनतासँग जोडिएको थियो । मैले यसलाई प्राथमिकता दिएर वडाभित्र अहिले ६ स्थानमा मसाने पार्टी निर्माणको काम सम्पन्न गरेको छु । वडाको आलामपुर, धोवीखोला, मानपुर, खानीखोला, सारङगोला, पोखरी, कौरुङ, च्यानडाँडामा मसाने पार्टी निर्माण हुँदा जनता खुसी भएका छन् । जसबाट मलामी जादा पानी पर्दा भिज्नु पर्ने बाँध्यता हटेको छ ।

वडाभित्र शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउन के काम गरिरहनुभएको छ ?
–समाजलाई समृद्ध बनाउने पहिलो आधार शिक्षा नै हो । शिक्षा क्षेत्रको सुधार गरेर मात्र समाज रुपान्तरणको काम अगाडि बढाउन सकिन्छ । अहिले वडाभित्र मावि र आधारभुत गरी ६ वटा विद्यालय छन् । सबै विद्यालयमा पढनपाठनमा सुधार ल्याउन अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीहरुसँग परामर्श भइरहेको छ । हामीले विद्यार्थीहरुलाई शिक्षासँगै असल संस्कार पनि दिन जरुरी छ । सबै विद्यालयमा सिसी क्यामेर जडान गर्ने कार्यक्रम अन्तर्गत मावि तहमा जडान भइसकेको छ । बाँकी विद्यालयमा सिसी क्यामेरा जडान गर्नको लागि पालिकासँग पहल गरिरहेको छु । शिक्षा क्षेत्रको सुधारको लागि हामीले ध्यान दिएका छौं ।
वडाभित्र सबै क्षेत्रमा सडक पुग्यो कि पुगेन ?
वडाभित्र सबै क्षेत्रमा सडक पुगेको छ । अहिले दैनिक रुपमा वडाका विभिन्न ठाउँबाट सिधै काठमाडौंसम्म यातायात सञ्चालन हुँदै आएको छ । यस पटक बर्षाको समयमा पनि यातायात अवरुद्ध भएन । वडाभित्रका सबै सडक राम्रो व्यवस्थित छैन् । अपठ्यारा सडकलाई स्तरउन्नती गर्ने कार्यमा लागेका छौं । आगामी दिनमा राम्रो र व्यवस्थित सडक निर्माण गछौं ।


कृषि क्षेत्रको सुधारको लागि भइरहेका काम के–के हुन ?
सुनापती गाउँपालिका अन्तर्गत वडा नम्बर २ दिमीपोखरी कृषि क्षेत्रको रुपमा निकै सम्भावना बोकेको क्षेत्र अन्तर्गत पर्छ । सिंचाई क्षेत्र पनि अन्य वडाको तुलनामा राम्रो नै छ । मलिलो माटोमा पसिना र श्रम मिसाउन सकेको खण्डमा यहाँका कुनै पनि युवा रोजगारीको लागि भौतारिनु पर्ने अवस्था छैन् । नगदेवाली, फलफुल, अलैची खेती, किबी खेतीको राम्रो सम्भावना बोकेको ठाउँ हो । हाम्रो वडाभित्र चिया बगानको कुरा अगाडि सारेका छौं । धैरै राम्रो सम्भावना बोकेको ठाउँलाई बनाउने अभियानमा हामी जुटेका छौं । हामी वडालाई समृद्ध बनाउछौ ।
समृद्धि त बनाउने भन्नुभयो । तर त्यसको लागि रोजगारी सृजना गर्ने तपाईसँग के योजना छ ?
अब बोलेर मात्र जनताले पत्याउने अवस्था छैन् । काम गरेर नै देखाउनु पर्ने अवस्था छ । नारा र भाषणमा भन्दा पनि काममा केन्द्रीत भएर लाग्नु बेला आएको छ । विगतमा धेरैले धेरै आश्वसान दिए । त्यो अनुसार काम नहुँदा जनताले भन्दा पनि सजिलै नपत्याउने अवस्था छ । मैले वडाभित्र नै रोजगारी सृजना गर्ने कामको योजना बनाइरहेको छु । म तपाईको मिडियाबाट आह्वान गर्न चाहन्छु–यदी वडा नम्बर २ का युवाहरु खाडी मूलुकमा जान पासपोर्ट बनाएर तयार भएर बस्नु भएको छ भने गाउँ फर्किनुहोस, रोजगारीको ग्यारेन्टी हामी गरिदिन्छौ । विदेश जाने एक टेढ लाख रुपैयाँ लिएर घर फर्किनुहोस । जानेको दक्षता सीप अनुसारको काम गर्न सकिन्छ । बाख्रापालन, कृषि व्यवायबाट पनि देशभित्रै राम्रो आम्दानी गर्न सकिन्छ । विदेश जाने पैसा उत्पादनमूलक काममा लगाउने हो भने वडाले पनि काम गर्न अनुदान दिन्छ । मैले चाडै नै सूचना नै जारी गरेर बेरोजगार युवाहरुलाई वडा कार्यालयमा बोलाएर बृहत्त छलफल गरेर सामुहिक व्यवसायिक खेती गर्ने, बाख्रापालन गर्ने कामलाई अगाडि बढाउन खोजेको छु । यो देखाउनको लागि अगाडि सारिएको योजना होइन । साच्चिकै मेरो गाउँघरमा नै केही गर्छु । मेहनत गरेर विदेशमा कमाउने पैसा गाउँमै कमाउछु भन्ने इच्छा शक्ति बोकेका युवाहरुले अब बेरोजगार बस्नु पर्दैन । युवाहरुले योजना सहित आउनु पर्यो । विदेश जाने पैसा व्यवसायमा लगानी गर्ने आँट गर्नुहोस, वडाले त्यसमा अनुदान पनि दिन्छ । युवाहरुले गर्ने हरेक काममा काँधमा काँध र हातमा हात मिलाउन हामी तयार छौं ।
बिद्युतिकरणको काम कहाँ पुग्यो ?
वडाभित्र साविकको वडा नम्बर ७ ८ र ९ एडिबीले विद्युतीकरण गर्ने भनेर टेन्डर भएको छ । यो काममा ढिलाइ भएको छ । ठेकेदारले समयमा नै काम नगरेको अवस्था छ । साविकको ४ र ५ मा बिजुली बलेको छ । साबिकको १ र २ मा बिजुली पुगेको छैन् । यसको लागि जिल्ला विद्युत प्राधिकरण रामेछापसँग कुराकानी भइरहेको छ । सिस्नेरी र आलामपुरमा दशै अगाडि नै बिजुली बल्छ । आगामी बर्ष वडाका सबै क्षेत्रमा विद्युतीकरणको काम सम्पन्न हुन्छ ।
 
स्थानीय तह सञ्चालन नियमावली अनुसार वडा सदस्यलाई प्रवक्ता बनाउन नपाइने प्रावधान छ । तर सुनापती गाउँपालिकाले वडा सदस्यलाई प्रवक्ता बनाएको छ । वडा अध्यक्ष र गाउँ कार्यपालिकाका सदस्य असक्षम भएर हो ?
–हामीले यो कुरा पहिला बुझेनौ । नियम र विधि अनुसार पालिकालाई चलाउनु पर्छ । अहिले मैले यो कुरा राखेको छु । यो गलत हो । दशैँपछि नै हामी प्रवक्तालाई परिवर्तन गछौं । यस विषयमा म गाउँपालिकाको बैठकमा सुझाव सहित कुरा उठाउछौ । नियम र विधि भन्दा बाहिर जाने छुट कसैलाई पनि छैन् ।

प्रतिक्रिया दिनुहोस्