‘चुनावमा गरेको प्रतिबद्धता अनुसारकै काम गरेको छौ’



निर्वाचनमा गरेको प्रतिबद्धता अनुसारको विकास निर्माणको चाहना नागरिकहरुले राखेका छन् । सडक, विद्युत, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि लगायतको क्षेत्रमा नागरिकहरुले परिवर्तन खोजेका छन् । स्थानीय तहमा जननप्रतिनिधिहरुले जिम्मेवार सम्हालेको पनि वीस महिना भन्दा बढी भइसकेको छ । यस बीचमा जनप्रतिनिधिहरुले केही कोशित त गरेका छन् । तर जनअपेक्षा अनुसारको काम हुन नसकेको गुनासो भने हुँदै आएको छ । अधिकार सम्पन्न स्थानीय तहले यस बीचमा काम गर्ने जमर्को त गरेको छ । तर स्पष्ट लक्ष्य र योजनाको अभाव पनि खडकिएको छ । सुनापती गाउँपालिका–५ खनियापानीमा पनि विकास निर्माणको कामले विस्तारै गति लिन थालेको छ । यसै विषयमा वडाभित्रको विकास निर्माणको अवस्था, समस्या र आगामी दिनको योजना लगायतको विषयमा केन्द्रीत भएर सुनापती गाउँपालिका–५ खनियापानीका वडा अध्यक्ष ठूलोकान्छा तामाङसँग रामेछाप न्युजको लागि स्नेहा सिलवालले गरेको कुराकानीः–

ठूलोकान्छा तामाङ,वडा अध्यक्ष, सुनापती गाउँपालिका–५ खनियापानी

निर्वाचनको क्रममा जनतासँग गरेको प्रतिबद्धता अनुसार कति काम गर्नुभयो ?
–निर्वाचनमा गरेको प्रतिबद्धता अनुसारको काम गरिरहेका छौं । सीमित स्रोत र साधनबाट धेरै आवश्यकता पूरा गर्नुपर्ने अवस्था छ । हिजो बोलेको कुरा र आज काम गर्नको लागि केही फरक पर्दौ रहेछ । हामीमा सुरुमा अनुभवनको कमी, नयाँ संरचनाको कारण केही कठिनाई पनि भयो । तर अहिले हामीले यस बीचमा बटुलेको अनुभव अनुसार काम अगाडि बढाएका छौं । जनताको न्युनतम आवश्यकतालाई मध्येनजर गरेर काम गरिरहेका छौं । अपेक्षा र आकांक्षा धेरै छन् । मुख्य आवश्यकता पहिचान गरेर स्पष्ट लक्ष्य र योजना सहित अगाडि बढेका छौं । वडाको भौगोलिक अवस्था पनि एकै खालको छैन् । भौगोलिक अवस्था अनुसारको काम गर्नुपर्ने बाँध्यता पनि हामीसँग छ ।
स्वास्थ्य क्षेत्रको रहेको समस्या समाधान गर्नको लागि के काम गर्नुभयो ?
–वडाभित्र रुपाकोट स्वास्थ्य चौकी मात्र रहेको थियो । अहिले हामीले भिरकोटमा गाउँघर क्लिनिक सञ्चालनमा ल्याएका छौं । साविकबो १,२ र ३ नम्बर वडाका जनतालाई यसले फाइदा गरेको छ । स्वास्थ्यजस्तो संवेदनशील विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौं । भिरकोटमा अहेवको दरबन्दी कायम गरेर सेवा सञ्चालन भएको छ । त्यसैगरी वडाभित्र अन्य क्षेत्रमा पनि थप स्वास्थ्य इकाई निर्माण गरेर सेवा सञ्चालन गर्ने सोच बनाइरहेका छौं । सरकारले उपलब्ध गराएको निशुल्क औषधी उपलब्ध गराउने, प्राथमिकत उपचार गाउँघरमा नै उपलब्ध गराउने हाम्रो मुख्य उदेश्य रहेको छ ।
वडाभित्र सबै क्षेत्रमा सडक पुग्यो कि पुगेन ?
हामीले जिम्मेवारी बहन गरेपछि पहिलो प्राथमिकता सडक निर्माणको कामलाई दियौ । किनभने भुकम्पको कारण भत्किएको घर निर्माणको लागि निर्माण सामाग्री पुर्याउन सहज होस भनेर सकेसम्म टोलटोलमा नै सडक निर्माणको काम अगाडि बढायौ । अहिले वडाको सबै क्षेत्रमा सडक पुगेको छ ।
वडाभित्र मापदण्ड विपरीत सडक निर्माण गर्दा जोखिम पनि बढ्यो भन्छन नि ?
–विकासको लागि सडक मुख्य आवश्यकता हो । आवश्यकता भएर नै निर्माण गरेका हौ । हो, सडक निर्माणले केही ठाउँमा जोखिम पनि बढाएको छ । हामी त्यसको व्यवस्थापन गर्ने काममा जुटेका छौं । गाउँपालिकाबाट नै निर्णय भएको छ अब सडक नयाँ ट्रयाक निर्माण गर्ने होइन, भएका सडकको स्तरउन्तती गरेर अगाडि बढने हो । अब वडाभित्र जति पनि सडक बनेका छन् । ती सडक मध्ये पनि मुख्य सडक छनोट गरेर त्यसलाई व्यवस्थित गर्ने हो । नालाको व्यवस्थापन गर्ने, लेबल मिलाउने लगायतको काम अगाडि बढाउछौ ।
वडाभित्र सबै क्षेत्रमा विद्युतीकरण भयो ?
निर्वाचनको क्रममा गरेको प्रतिबद्धता मध्ये विद्युतीकरण पनि थियो । हाम्रो पहलमा अहिले विद्युतीकरण हुन नसकेको सबै क्षेत्रमा विद्युतीकरण भएको छ । केही क्षेत्रमा मिटर बक्स पुग्न बाँकी छ । त्यसको लागि पनि विद्युत प्राधिकण कार्यालय रामेछापसँग समन्वय गरेर काम गरिरहेका छौं ।
खानेपानीको समस्या समाधान गर्न के सोच्नु भएको छ ?

––वडाभित्र माथिल्लो क्षेत्रमा खानेपानीका मुहान भएको कारण धेरै ठूलो समस्या छैन् । तर भुकम्पको कारण केही पानीको मुहानहरु सुकेका छन्, जसको कारण केही समस्या सृजना भएको । तत्कालको लागि वडाले खानेपानी व्यवस्थापन गर्नको लागि काम अगाडि बढाएको छ । गोपीखोला हात्तीछाँगा हुँदै साविक १,२,३ को जनताको लागि खानेपानी सेवा दिनको लागि योजना अगाडि बढाएका छौं । धुईस्युङ खोला खानेपानी आयोजनालाई स्तरउन्तती गरेर साविक ४,५,६,७,८ साविकाका वडाहरुमा खानेपानी सेवा उपलब्ध गराउने योजना पनि अगाडि बढाउदैछौ । साविक ९ नम्बर वडाको लागि लुभु घट्टा खोला लिफ्ट खानेपानी आयोजना निर्माण गर्ने काम अगाडि बढाइएको छ । सिडिएस संस्था, वडा कार्यालय, गाउँपालिका र उपभोक्ताको त्रिपपक्षीय साझोरीबाट खानेपानीको पूर्ति गर्न काम सुरु गरिसकेका छौं । अब मिटर सिस्टमबाट खानेपानी वितरण गछौं । वडाको सबै क्षेत्रमा खानेपानी पर्याउनको लागि दिर्घकालीन रुपमा सुनकोसी लिफ्ट वृहत्त खानेपानी आयोजना निर्माण गर्ने योजना अगाडि सारिएको छ ।

कृषि क्षेत्रको सुधारको लागि के योजना अनुसार काम गरिरहनुभएको छ ?
–हाम्रो वडाको विकास गर्ने भनेको कृषि क्षेत्रलाई आनुधिकरण गरेर नै हो । कृषि क्षेत्रमा युवाहरुको आकर्षण देखिदैन । गाउँमा अहिले युवाहरु विहीनको अवस्था छ । रोजगारीको लागि विदेशको संख्या ठूलो छ । कि त युवाहरु विदेश भएका छ कि त वडाका मासिनहरु शहर केन्द्रीत भएर व्यापार व्यवसाय गरिहेका छन् । गाउँ फर्काएको लागि हामीले केही योजना अगाडि सारेका छौं । गाउँमा अहिले बृद्धाबृद्धा मात्र छन् । हामीले घरघरमा भन्दा पनि नमूनाको रुपमा सामुहिक रुपमा कृषि फर्म सञ्चालन गर्ने सोच बनाएका छौं । खनियापानीलाई बेसार पकेट क्षेत्र घोषणा गरिएको छ । बेसारको विऊ पनि वितरण गरेका छौं । वडामा तरकारी संकलन केन्द्र पनि निर्माण गर्ने योजना छ । सिंचाईलाई थप व्यवस्थित गर्ने , दुध डेरी सञ्चालन गरेर कृषकहरुको आम्दानी बढाउने र राम्रोे काम गर्ने कृषकहरुलाई पुरस्कृत गर्दै जाने योजना छ ।

प्रतिक्रिया दिनुहोस्