रामेछापको शिवालयम बन्ने भो भ्यु टावर



स्नेहा सिलवाल ।
१४ कार्तिक, काठमाडौं । आन्तरिक एवं बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने उदेश्यको साथ रामेछापको गोकुलगंगा गाउँपालिकाको शिवालयमा भ्यु टावर निर्माण हुने भएको छ । शिवालय सहित प्रदेश नम्बर ३ का १० पर्यटकीय क्षेत्रमा भ्यु टावर निर्माण हुन लागेको हो ।
नेपालको पर्यटकीय स्थललाई प्रचार प्रसार गर्ने र त्यसमार्फत आर्थिक उपार्जन गर्नै उदेश्यले प्रदेश ३ सरकारले नेपालमा नै पहिलो पटक पहाडी क्षेत्रहरुमा भ्यु टावर निर्माण गर्न लागेको छ । प्रदेश ३ सरकारको गौरवको योजनाको रुपमा पहाडी क्षेत्रका हिल स्टेशन निर्माण गर्न सुरु गरेको हो ।
रामेछापका प्रदेश सभा १ का सांसद शान्ति पौडेलले आन्तरिक एवं बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने उदेश्यको साथ शिवालयमा भ्यु टावर निर्माण गर्न लागिएको बताउनुभयो । गोकुलगंगा गाउँपालिका वडा नम्बर १ चुचुरे र वडा नम्बर २ ठोसको सीमाना शिवालयमा भ्यु टावर निर्माण गर्न लागिएको जानकारी दिदै उहाँले भ्यु टावर निर्माण मार्फत यस क्षेत्रको आर्थिक अवस्थामा परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
सांसद पौडेलले रामेछाप न्युजसँग भन्नुभयो,‘शिवालयमा भ्यु टावर निर्माण गर्न गरेको प्रयास सफल भएको छ, यस बर्ष नै भ्यु टावरको डिपिआरको काम सम्पन्न भएर निर्माणको काम अगाडि बढछ ।’ समुद्री सतहबाट करिब १८ सय मिटर उचाइमा रहेको शिवालय धार्मिक पर्यटकीय क्षेत्रको रुपमा आफ्नो पहिचान बनाउदै आएको छ ।


विश्वको सर्वोच्च शिखर सगरमाथा प्रवेशद्धाराको मुख्य मार्ग रहेको शिवालयबाट दोलखाको गौरीशकंर लगायतको हिमालको दृष्यावलोकन गर्न सकिन्छ । शिवालय गौरीशकंर संरक्षित क्षेत्रभित्र सुचिकृत छ । शिवालय हुँदै पाँच पोखरी जट्टा पोखरी जाने मार्ग भएकाले पनि शिवालयमा भ्यु टावर निर्माणले आर्य आर्जनमा समेत टेवा दिने सांसद पौडेलले बताउनुभयो । उहाँका अनुसार भ्यु टावर करिब २४ देखि तीस मिटरको हुनेछ ।
हिल स्टेशनमार्फत हिमाली क्षेत्रको अवलोकन, हिउँ खेल्न, निजी क्षेत्रलाई सहभागिता गराएर रिसोर्ट सञ्चालन गर्नै लगायतका गतिविधि हुने पौडेललेले भनाइ छ । भ्यु टावरमा आर्कषक बगैचा, कोशेली घर, सामुदायिक लज, मनोरञ्जन घर, निजी रिसोर्ट लगायतका भौतिक संरचना आधारभूतमा रहने गरी डिजाइन गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्