दोलखाको कालीञ्चोकमा केबलकार चल्यो ५ सयमा नै सररर….



१७ कार्तिक, रामेछाप ।
दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ । एक महिना अघि परीक्षण गरिएको केबुलकार शनिवारबाट पूर्ण रुप्मा व्यायसायिक रुपमा सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ ।


कालीञ्चोक केबलकारका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले केबलकारको चारवटा कार रहेकोमा एउटा कारमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने बताउनुभयो । कालीञ्चोक दर्शन लिमिटेडले साँढे दुई वर्षअघि निर्माण शुरु गरेको कालीञ्चोक केबुलकार करीब ४५ करोडको लागतमा सम्पन्न भएकोे हो ।

केबलकारमा यात्रा गर्न आउने यात्रुलाई प्रतिव्यक्ति पाँच सय शुल्क लिएर सेवा प्रदान गरिएको शिवाकोटीले जानकारी दिनुभयो । सर्वसाधारणलाई पाँच सय शुल्क तोकिए पनि कालीञ्चोक क्षेत्रका मानिसलाई भने केही सहुलियत हुने कालीञ्चोक दर्शन लिमिटेडले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्