अग्लेश्वरी मेलाको लागि दोरम्बा गाउँपालिकाकाद्धारा सरसफाई (फोटोफिचर)



१ मंसिर, रामेछाप । मंसिर ३ गते लाग्ने अग्लेश्वरी मेलाको लागि दोरम्बा गाउँपालिकाले सरसफाई गरेको छ । मेलामा आउने श्रद्धालुहरुको लागि आवत जावतमा सहज होस भन्ने उदेश्यले दोरम्बा गाउँपालिकाको पहलमा सरसफाइ कार्यक्रम गरिएको हो ।
दोरम्बा गाउँपालिका–२ दोरम्बाले गरेको आयोजनमा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तान, गाउँपालिकाका स्थायीवासी, नेपाली सेना, नेपाल प्रहरी सहितको टोलीले दोरम्बादेखि अग्लेश्वरी मन्दिरसम्म सरसफाइ गरेको छ । दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले धार्मिक पयर्टकीस्थल अग्लेश्वरीको विकासको लागि आफूले सक्दो काम गर्ने बताउनुभयो ।

रामेछाप न्युजलाई प्रतिक्रिया दिदै अध्यक्ष मोक्तानले भन्नुभयो,‘दोरम्बा गाउँपालिकाको धार्मिक पर्यटकीयस्थलको विकास गर्न गाउँपालिकाको योजना सहित काम अगाडि बढाउछ ।’ हरेक बर्ष ठूलो एकादशीको दिन अग्लेवरीमा भव्य मेला लाग्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्