‘कृषि क्षेत्रको विकास गर्न उमाकुण्ड कृषि महोत्सव’



नेपाल एक कृषि प्रधान देश हो । नेपालीहरुको मुख्य पेसा कृषि नै हो । नेपालीहरु यही व्यवसायमा आधारित रहेर जीवनयापन गर्दै आइरहेका छन् । अझै ८० प्रतिशत नेपालीहरु कृषि पेसामा नै संलग्न रहेका छन् । ठूलो हिंसा कृषि पेशामा रहेपछि कृषिमा आधुनिकरण हुन सकेको छैन् । अझैसम्म पनि परम्परागत शैलिमा नै कृषि ब्यावसाय सञ्चालन हुँदै आएको छ । मंसिर १६ गते देखि २१ गतेसम्म उमाकुण्ड जाउँ, अर्गानिक उत्पादनमा रमाउँ’ प्राकृतिको वरदान अर्गानिक उत्पादन भन्ने मुल नाराका साथमा गर्न लागिएको उमाकुण्ड कृषि महोत्सब को बारेमा आयोजक संस्थाका कार्यक्रम संयोजक राजेश बराइलीसँग रामेछाप न्युजको लागि रामचन्द्र वि.क.ले गरेको कुराकानीः–

कार्यक्रम संयोजक राजेश बराइली

प्राकृतिको वरदान अर्गानिक उत्पादन भन्ने मुल नारा राख्नुको कारण के हो ?
हामीले जे प्रकृतिले दिएको कुराहरु उत्पादन गरिरहेका छौ । त्यसैलाई आधुनिकतामा जोडेर अर्गानिक वा स्वास्थ्य हाइजिनिक उत्पादन गरौँ भन्नु नै हो । स्वास्थ उत्पादन स्वास्थ खाना स्वास्थ जीवन बनाउनु पर्छ भन्ने नै हो ।

उमाकुण्ड कृषि महोत्सव किन गर्न लागिएको हो ?
विशेषगरी रामेछाप जिल्लाको उत्तरी हिमाली र पहाडी भेगका कृषिजन्य जस्तैः, फलफुल, अन्नबाली, पशुपक्षी, जडिबुटी लगायतको बस्तुहरुको ब्यावसायिक आधुनिकीकरण, प्रवद्र्धन, पर्यटन गर्ने, कृषि चेतनाको विकास, उत्प्रेरणा गर्ने उदेश्यका साथ पहिलो कृषि महोत्सव गर्न लागिएको हो । यो महोत्सव राजेश पशुपालन विकास फार्म र अन्जना कृषि तथा पशुपालन फार्मको आयोजनामा प्रत्येक वर्ष गर्न लागेको छौं ।

उमाकुण्डलाई मात्रै मात्र किन छनोट गर्नुभयो ? जिल्लाभरी नै समेट्ने गरी गर्नु भएको भए राम्रो हुन्थ्यो होल नि ?
हामीले बुझ्नु पर्ने कुरो के हो भने, हामी अहिले घर–घरमा सिंहदरबार भन्ने मुल नाराको कुरा गरिरहेका छौं । राज्य पुनसंरचनाको हिसाबले हेर्ने हो भने पनि बढी शहर केन्द्रित भन्दा पनि गाउँ र बास्तविक कृषकसँग कसरी प्रत्यक्ष सहकार्य र उहाँहरुका विचार बुझ्न सकिन्छ भन्ने मुल कुरालाई बुझेर गाउँ ठाउँमै आयोजना गरिएको हो । स्टल राख्ने र यो महोत्सवमा जोडिन चाहनेका लागि भने जिल्लाबासी मात्रै नभएर देशभरका नागरिकहरुको लागि खुल्ला छ ।

कसरी सफल बनाउने योजनामा हुनुहुन्छ ?
यसलाई सफल बनाउनको लागि हरेक ब्यावसायी, संघसस्था लगायत सम्पुर्णलाई जोडेका छौ । बाहिरबाट आउने सम्पुर्ण व्यापारी व्यावसायीहरुलाई ६ दिनसम्म बस्नको लागि र ब्यापार प्रवद्र्धन गर्नको लागि भने भरपुर स्तानीयस्तरमा, कानुनी, सुरक्षा, बास, खानाको राम्रो व्यावस्था गरेका छौ । यो कार्यक्रममा उमाकुण्ड गाउँपालिका, उद्योघ बाणिज्य महासंघ रामेछाप, धैरै सघसस्थाको आर्थिक, प्राविधिक, लगाएत अन्य सहयोगका साथमा सहकार्य भइरहेको छ ।
कति बजेट लाग्ने अनुमान छ ?
अहिले यो कार्य पुर्णरुपमा सफल पार्नको लागि न्युनतम २५ लाखको अनुमान गरेका छौँ । तर यो भन्दा बढ्न पनि सक्छ घटना पनि सक्छ ।

महोत्सवका आकर्षणहरु के–के हुन ?
महोत्सवका आकर्षक भनेको अर्गानिक कृषि खाद्य प्रदर्शनी, खानाको परिकार, माछाको आकर्षक, स्थानीय पशु तथा पन्छिको प्रदर्शन, आधुनिक डुंगाको आकर्षक, रोटे पिड, कृषि वृत्तचित्र प्रदर्शन,संस्कृतिक कार्यक्रम, भाग्यशाली चिठ्ठा, कृषक र विज्ञबीच संवाद कार्यक्रम, सम्मान कार्यक्रम, अन्तर विद्यालय खुला नित्य प्रतियोगिता र राष्ट्रियस्तरका कलाकारहरुको हरेक दिन प्रस्तुति रहेने छ ।

 

महोत्सबको मुख्य उद्देश्य चाही के हो त ?
कृषि महोत्सव गर्न चेतनामुलक कार्यक्रम तथा कृषि प्रचार प्रसार गराउने, नेपाल सरकारको नेपाल भिजिट २०२० लाई सफल पार्नको लागि टेवा पुराउने, आन्तरिक पर्यटनलाई आकर्षक गराउने, विभिन्न नमुना कृषकहरुको आफूमा भएको भित्रि सीप तथा खुबी प्रदर्शनी अवसर जुटाउने मुख्य उदेश्य हो । त्यसैगरी अर्गानिक खाद्य वस्तु उत्पादनको महत्व तथा आयात निर्यात गरिनेछ । उमाकुण्ड गाउँपालिकाका संम्पुर्ण नमुना कृषकहरुलाई सम्मान तथा प्रोत्साहन गर्ने । कृषि क्षेत्रमा आधुनिकिकरणको बारेमा जानकारी गराउने,उन्नत जातको मत्यपालन संभावना र विकासबारे अध्ययन गर्ने, कृषि विकास र वातावरण संरक्षणबीच सन्तुलन राख्न चेतना विकास गर्ने । स्थानिय उत्पादनद्धारा आम्दानीको अवसर जुटाउनुको साथै यो कार्यक्रम प्रत्येक वर्ष प्रत्येक वडामा गरिने छ ।

किसानले यस कार्यक्रमबाट प्रत्यक्ष रुपमा के फाइदा पाउँछन् ?
जसरी अहिले गरिरहेको र चलिरहेको कृषि पेशा त्यो बिलकुल फरक, आधुनिकीकरण र व्यावसायीककरणतिर लम्किने छ । प्रत्यक्ष अवलोकन र विज्ञहरुसँग छलफल गर्ने भएकाले गर्दा ठुलो लाभ लिन सक्छन् ।
महोत्सवलाई सफल बनाउन कसरी काम गरिरहनुभएको छ ?
सबैभन्दा बढी आर्थिक चुनौती भइरहेको अवस्था छ । हामीसँग सहकार्य गर्न चाहने उद्योग व्यावसी, सहयोगी संघसस्थाहरुलाई सहयोग र सहकार्य गर्न आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
z4KKkNBS, 0giTrFJk5dg, xuk3M7Dh24f, PGJAsC2QF, mYL4Rmj9n27lqe, F5twpQ4bOi7r, PyG5fzhdKkm, 6gtf2gS6267Mfw, vtzQWv, 9kcf