रामेछापको सल्ले–सोलमारी सडकमा गाडी गुडेपछि स्थानीयमा खुसीयाली



राजन महतारा क्षेत्री
१८ मंसिर, रामेछाप । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार र सदरमुकाम मन्थलीबाट नजिकै भएपनि सडक सन्जालसँग नजोडिएको बस्तीमा सडक पुगेसँगै गाडी सञ्चालनमा आएको छ । गाउँसम्म नै गाडी सञ्चालनमा आएपछि स्थानीयले खुसीयाली मनाउदै नाचगान गरेका छन् ।
रामेछाप नगरपालिका–८ को डुम्रीखर्क–सल्ले–माथिल्लो बाबियाखर्क–धारापानी सडक निर्माण कार्य तीन महिनामा सम्पन्न भएको छ । २०७२ भदौ ७ गतेबाट सुरु गरिएको सडक स्तरउन्नतीको काम ३ महिनामा सम्पन्न भएको वडा अध्यक्ष केदार कार्कीले बताउनुभयो ।


वडा नम्बर ८ वडा कार्यालयको १६ लाख ७५ हजार तेल र नेपाली कांग्रेसका नेता पूर्ण बहादुर तामाङ कान्छारामले उपलब्ध गराउनु भएको स्काइभेटर र अपरेटरको सहयोगमा ६ मिटर चौडाइको सडक निर्माण गरिएको छ ।
यो सडक सन्चालनमा आएपछि मन्थली नगरपालिका–६ भलुवाजोर, रामेछाप नगरपालिका ८ डुम्रिखर्क,सल्ले, धारापानी,कालीआँप सहित ५ गाउँका सात भन्दा बढी बासिन्दाहरु भएका छन् ।े रामेछाप सल्ले, डुम्रिखर्क, सोलमारी सडक निर्माण समितिका अध्यक्ष हरि कुमार कार्कीले सडक निर्माणसँगै गाडी सञ्चालनमा आएपछि धेरै सुविधा भएको बताउनुभयो ।
धारापानी माथिल्लो बाबियाखर्क, सल्ले, डुम्रिखर्क हुदै सोलमारि सडकमा बस सन्चालन गर्न सकिन्छ कि सकिदैन भनेर बस लिएर जाँदा स्थानीयहरुबाट गाउँमा भव्य स्वागत पाएको वडा सदस्य सन्तोष तामाङले बताउनुभयो । गाउँमै फराकिलो सडक बनेपछि आफुले उत्पादन गरेको जुनार, सुन्तला, गहत, राजमा बेच्न पिठ्युँमा बोकेर सदरमुकाम र रामेछाप बजार धाउनु पर्ने बाँध्यता हटेकोमा आफुलाई खुशि लागेको रामेछाप ८ का कृषक धन बहादुर शाहीले बताउनुभयो ।


स्थानीय बृद्ध मंगली शाहीले खुसी हुँदै भन्नुभयो,‘गाउँमा कोही बिरामी हुँदा ३ घण्टाको बाटो बोकेर अस्पताल लैजानु पर्ने बाँध्यता थियो तर अहिले त घरमै पो मोटर आयो ।’
पर्यटन प्रवद्धनको लागि रामेछाप जिल्लाको ऐतिहासिकस्थल केवलेश्वर मन्दिर जाने सडक स्तरउन्नतीको काम पनि धमाधम भइरहेका छ । अब छिट्टै केही महिना भित्रै हिमाल तराई यातायातले रामेछाप सल्ले, डुम्रिखर्क, सोलमारि हुँदै काठमाडौँसम्म बस सेवा सन्चालन गर्न लागेको वडा अध्यक्ष केदार कार्कीले जानकारी दिनुभयो । रामेछाप जिल्लाका धेरै ग्रामिण क्षेत्रहरुले जनप्रतिनिधिहरु निर्वाचित भइसकेपछि मुहार फेर्ने क्रम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्