प्रदेश कमिटि बनेपछि रामेछापका नेताहरुको काठमाडौंमा जमघट



२० मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले प्रदेश कमिटीलाई पूर्णता दिएपछि रामेछापका नेताहरुको काठमाडौंमा जमघट भएको छ । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनुभएका नेकपाका केन्द्रीय सदस्य कैलाश ढुंगेलको निवासमा नेताहरुबीच भेटघाट भएको हो ।

भेटमा नेताहरुबीच रामेछापमा आगामी दिनमा पार्टी सञ्चालन लगायतको विषयमा पनि अनौपचारिक विषयमा कुराकानी भएको थियो । प्रदेश कमिटी गठन भएपनि जिल्ला कमिटीले पनि भने पूर्णता पाउन सकेको छैन् । पूर्व एमाले र पूर्व माओवादी केन्द्रले नै जिल्ला लमिटीमा रहने सदस्यहरुको नामावली प्रदेश कमिटीलाई बुझाई सकेको छ । रामेछापको पार्टी अध्यक्ष र सचिवको बारेमा पनि मोटोमोटी सहमति जुटाएर प्रदेश कार्यालयमा सिफारिस भइसकेको छ ।


अर्थ मन्त्रीको निवास काँडाघारीमा भएको जमघटमा प्रतिनिधिसभा सदस्य एव्ं केन्द्रीय सदस्यहरु श्यामकुमार श्रेष्ठ,  केन्द्रीय सदस्य  कमल चौलागाई, कैलाश ढुंगेल, युवराज चौलागाई, माधव ढुंगेल सहभागी भएपनि केन्द्रीय सदस्य देवशकंर पौडेल भने कार्यव्यस्ताको कारण सहभागी हुनुभएको थिएन । रामेछापबाट नेकपाका छ जना केन्द्रीय सदस्य रहेका छन् ।

जमघटमा प्रदेश कमिटिका सदस्य एवं प्रदेश नम्बर ३ का सांसद शान्ति पौडेल, प्रदश कमिटीका सदस्य एवं पूर्व सभासदद्धय डिल्लीमान तामाङ र लक्ष्मी गुरुङ टंकलाल घिसिङ ‘टकल’, तुला प्रसाद कडेल, कमानसिंह मोक्तान, प्रेमकुमार कार्की लगायतको सहभागीता रहेका थियो । अन्य प्रदेश कमिटीका सदस्यहरु भने कार्यव्यस्ताको कारण सहभागी हुन नसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्