साढे ६ करोडमा जिल्ला प्रहरी कार्यालय रामेछापको भवन बन्दै



रामचन्द्र वि.क.
५ पुस, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापको नयाँ भवन बन्ने भएको छ । जिल्ला सदरमुकाम मन्थलीमा आधुनिक र सुविधा सम्पन्न भवन बन्न लागेको हो । नयाँ बन्न लागेको संरचनामा कार्यालय, ब्यारेक, मेस र शौचलय सहित ४ ओटा भवन बन्ने छन् ।
भूकम्पपछि जिर्ण बनेको कार्यालयबाट हुने कार्यसम्पदानमा अपठ्यारो हुँदै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी अमरेन्द्र बहादुर सिंहले रामेछाप न्युजसँग भन्नुभयो,‘प्रयाप्त मात्रमा कोठाहरु नहुँदा कार्यालयमा कार्यरत कर्मचारीहरु टेन्टमा बस्नु पर्ने बाँध्यता रहेको छ, अब नयाँ भवन निर्माण हुने भएपछि यो बाँध्यता हटछ ।’
त्यस्तै कैदीहरुलाई राख्नको लागि मापदण्ड अनुसारको ब्यारेक नहुँदा कैदीहरुलाई समेत समस्या भइरहेको बताउदै प्रमुख सिंहले अब नयाँ भवन बने पछि समस्याको समधान हुने विश्वास व्यक्त गर्नुभयो ।
६ करोड ५३ लाख ८७ हजार २ सय २६ रुपैयाँमा बन्न लागेको भवनको टेन्डर भइसकेकाले छिटै काम सुरु हुने उहाँले बताउनुभयो ।
अब बन्ने सुविध सम्पन्न नयाँ संरचनामा ७० जना भन्दा माथि कैदी अट्ने ब्यारेक, सय जना भन्दा बढी अट्ने कार्यालय, शौचालय र खाना पकाउने मेस रहने छन् ।

प्रतिक्रिया दिनुहोस्