रामेछापमा पनि कांग्रेसले छाया सरकार
१४ माघ, रामेछाप ।
नेपाली कांग्रेसले केन्द्रमा छाया सरकार बनाउने गृहकार्य अगाडि बढाइरहेको बेला जिल्ला कार्य समिति रामेछापले पनि रामेछापको सात स्थानीय तहमा छाया सरकार गठन गर्ने तयारी अगाडि बढाएको छ ।
जिल्ला कार्य समिति रामेछापको बैठकले स्थानीय तहमा भएका काम कारवाहीको निगरानी गर्दै आवश्यकता अनुसार छाया सरकार गठन गरेर अगाडि बढने तयारी थालेको हो ।
नेपाली कांग्रेस जिल्ला कार्य समितिका सचिव लेखबहादुर कार्कीले स्थानीय तहमा भएका राम्रो कामको समर्थन गर्दै गलत कामको पर्दाफास गर्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘स्थानीय तहका जनप्रतिनिधिहरु अहिले जोडर साहु भएर काम गरिरहेका छौ, कतिपय ठाउँमा उपभोक्ता समिति नै गठन नगरी बजेट खर्च भइरहेको छ, गलत काम रोक्न कांग्रेस लाग्छ ।’
रामेछापको आठ वटा स्थानीय तह मध्ये कांग्रेसले रामेछाप नगरपालिकामा नगर प्रमुख, नगर उपप्रमुख, उमाकुण्ड गाउँपालिकामा उपाध्यक्ष गरी जिल्लाको ६४ वडा मध्ये १३ वडा वडा अध्यक्ष जितेको छ ।
नेपाली कांग्रेस सुनापती गाउँपालिका, खाँडादेवी गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाइ सकेको छ । सचिव कार्कीले आवश्यकता अनुसार वडा तहसम्म नै छाया सरकार गठन गरेर काम हुनेछ । कांग्रेस संसदीय दलले छाया सरकार गठन गर्ने निर्णय गरिसकेको छ ।