रामेछापमा जताततै हिमपात, हिउ खेल्नेको ओइरो



२६ माघ, रामेछाप ।
लगातार पानी परेसँगै रोमछाप जिल्लाको अधिकाशं उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । तीनदेखि परेको पानीसँगै आज दोरम्बा गाउँपालिकाको सैलुङ, अग्लेश्वरी, सुनापती गाउँपालिकाको सुनापती, भाङगेडाँडा लगायतको क्षेत्रमा बाक्लो हिउ परेको छ । हिमपात भएसँगै आन्तरिक पर्यटकहरु हिउ खेल्ने जाने क्रम बढेको छ ।

सुनापती र खाँडादेवी गाउँपालिकाको सीमाना गाल्वा डाँडा आसपासको क्षेत्रमा पनि हिउ परेको छ । यस अघि सैलुङ क्षेत्रमा मात्र पर्दै आएको हिउ यस बर्षको बर्षाले अधिकाशं डाँडाहरु हिउले सेताम्मे भएका छन् ।
त्यसैगरी उमाकुण्ड, गोकुलगंगा गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकाको उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ । हिमपातको कारण जनजीवन समेत कष्टकर भएको छ ।

प्रतिक्रिया दिनुहोस्